: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री बालकृष्ण खाणसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीको नाम उम्मेदवारमा सिफारिस गरेको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले जानकारी दिए ।
त्यस्तै समानुपातिकतर्फ जन्नतुन निशा धुनिया (अल्पसंख्यक), पुष्पा थरुनी (थारु) र माधवी शर्मा (महिला) लाई सिफारिस गरिएको छ । उनका अनुसार यस्तै राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सोमनाथ शर्मा (खस आर्य), मिननाथ शर्मा (अपाङ्ग), भिमप्रसाद न्यौपाने (खस आर्य) र मोहन सरदार (अल्पसंख्यक) लाई सिफारिस गरिएको छ।
सबै पदका लागि सर्वसम्मत निर्णयबाट उम्मेदवार चयन भएको सभापति गुरुङले बताए।