मुख्य समाचार
सिन्धुपाल्चोकका युवक ब्राउन सुगरसहित विराटनगरबाट पक्राउ
सिन्धुपाल्चोकका युवक ब्राउन सुगरसहित विराटनगरबाट पक्राउ

: भारतको जोगवनीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) खरिद गरी फर्कदै गर्दा सिन्धुपाल्चोकका एक युवकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको हेरम्बु गाउँपालिका-६ घर भएका ३४ वर्षीय दावा लामा होल्मो मंगलबार दिउँसो ३ बजेतिर पक्राउ परेका हुन् ।


भारतको जोगवनीबाट पैदल नै नेपाल आउँदै गर्दा शंका लागेपछि लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले दावालाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथमा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ परेका दावाको साथबाट ५८.१४ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी लागुऔषध खरिद गर्नकै लागि विराटनगर आएर भारतको जोगवनी पुगेको पत्ता लागेको छ ।

जोगवनीबाट लागुऔषध खैरो हेरोइन खरिद गरेर फर्कदै गर्दा उनी नेपाल–भारत सीमा क्षेत्रनजिकबाट पक्राउ परेका हुन् ।लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएका दावालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गौर घटना : सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक, के उपेन्द्र यादवमाथि अनुसन्धान होला ?
— परराष्ट्र मन्त्रालयले बुधबार ६७ जना नयाँ अधिकृतलाई स्वागत गरेको छ। नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका थिए। उनले पहिला नागरिक भन्ने मार्गदर्शक सिद्धान्तअनुसार जिम्मेवारी वहन गर्दै उच्चतम स्तरको पेसागत इमान्दारी र निष्ठा कायम राख्न अधिकृतहरूलाई निर्देशन दिए। सचिव राईले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनका ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले झोंक चलेर नभई पार्टीभित्र विधि–पद्धति निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताएका छन्। आसन्न एमाले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका पोखरेलले आज पत्रकार सम्मेलन गर्दै यस्तो विचार व्यक्त गरेका हुन्। उनले महाधिवेशन विचारको फैसला हुने थलो भएकाले फरक मतहरू अघि सारेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र जबजको विवाद छैन, तर कार्यसम्पादनमा ...
— नेपाल अडिटर्स एसोसिएसन(अडान) को सातौं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक अर्थतन्त्रसम्बन्धी १३ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले पारित गरेका १३ बुँदाहरूमा जेन-जी आन्दोलनपछि अस्थिर बनेको आर्थिक सुशासन र सुरक्षामा सरकारले प्रत्याभूति दिलाउनुपर्ने, लेखापरीक्षण प्रणालीलाई उत्कृष्ट गुणस्तरको बनाउनुपर्नेलगायत छन् । विशेष प्रस्तावहरू १. २०८२ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आर्थिक सुशासन ...
— एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्तसमेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका हुन् । १०औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको ...