मुख्य समाचार
ओलीले आफू हटेर अर्कोलाई अध्यक्ष घोषणा गर्दा मेरो विमति हुँदैन
ओलीले आफू हटेर अर्कोलाई अध्यक्ष घोषणा गर्दा मेरो विमति हुँदैन

। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनको नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना पनि रहेको बताएका छन् ।

बुधबार राजधानीमा सम्पादकहरूसँगको अन्तक्रियामा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।




त्यसका लागि ओलीले महाधिवेशनको हलमै औपचारिक रुपले अबको नेतृत्व घोषणा गरेको खण्डमा सहमति हुनसक्ने पोखरेलले बताए ।

‘सहमति हुनसक्छ । तर अहिलेको सन्दर्भमा हामीले भनेका छौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्ने, संरक्षक भएर बस्ने,’ पोखरेलले थप भने, ‘उहाँले महाधिवेशनको हलमा औपचारिक ढंगले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुनसक्छ । अरु हिसाबले सहमति हुन्छ जस्तो लाग्दैन ।’




लगत्तै उनलाई ‘तपाईं बाहेक अरुलाई रोज्नु भयो भने मान्न तयार हो ?’ भनेर प्रश्न गरिएको थियो ।

सो क्रममा उनले ‘यदी उहाँले आफू हटेर भन्नुहुन्छ भने त्यसबेला मेरो कुनै अब्जेक्सन रहने छैन ।’

एघारौं महाधिवेशनमा पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । प्यालन घोषणा हुने वा नहुने भन्नेबारे उनले खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
‘जेनजी आन्दोलनका दोषीलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्छ, छानबिन त देखाउन मात्रै हो’
। डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको छ । दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय ...
। सरकारले ठेक्का किन नतोड्ने भन्दै सूचना निकालेपछि लामो समयदेखि आयोजना अलपत्र पारेका निर्माण व्यवसायी सम्पर्कमा आउन थालेका छन् । शहरी विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा शहरी विकास तथा भवन निर्माण विभागले यस्तो जानकारी गराएको हो । विभागको कार्य क्षेत्रभित्र ४२ वटा ठेक्का रुग्ण छन् । त्यसमध्ये ३७ ठेक्का किन नतोड्ने भन्दै सूचना ...
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएकाले तिनको संरक्षण आवश्यक भएकामा जोड दिएका छन् । २३औँ अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गरेर प्रचण्डले पर्वतहरूको संरक्षणमा जोड दिएका हुन् । यस दिवसले पर्यावरण संरक्षण, पर्वतीय पारिस्थितिकीको दीर्घकालीन सुरक्षा र जलवायु न्यायका लागि हामी सबैलाई नयाँ ऊर्जा र संकल्प ...
। सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन सुझाव आयोग बनाउने लगायतका विषयमा सहमति हुने भएको छ । जेनजी आन्दोलन र त्यसका मागहरूलाई संस्थागत दस्तावेजीकरण गर्नका लागि बुधबार यसबारे सम्झौता हुँदैछ । जेनजी आन्दोलनका माग के थिए र आन्दोलनपछिका अवस्थाको संक्रमणकालमा के गर्ने तथा घाइते र शहीद परिवारलाई राज्यले कसरी संरक्षण ...