मुख्य समाचार
विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यका साथ ‘१३ औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सुरु
विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यका साथ ‘१३ औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सुरु

। विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यका साथ ‘१३ औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ बिहीबारदेखि सुरु भएको छ ।

‘बालअधिकार’ भन्ने नाराका साथ यही मंसिर २९ गतेसम्म पाँच दिन चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।




“हामीले २६ देशका ५० चलचित्र प्रदर्शन गर्दैछौँ, महोत्सवमा छानिएका धेरैजसो चलचित्रले कान्स, बर्लिनाले, भेनिस र बुसानजस्ता प्रतिष्ठित अन्तरराष्ट्रिय महोत्सव सहभागिता जनाइसकेका छन्’ उनले भने ।






महोत्सवमा देखाइने चलचित्रले मानवअधिकारका विषयलाई सहज र सरल रूपमा दर्शकसम्म पुर्‍याउने उनले बताए ।

‘कान्स फिल्म फेस्टिभल २०२५’ अन्तर्गत ‘पाल्मे डी ओर’ (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’, सोही महोत्सवमा पहिलोपटक प्रदर्शनी गरिएको ‘नाभी लीली’, बजिका भाषामा बनेको पहिलो ‘फिचर’ चलचित्र ‘आजुर’ लगायत महोत्सवको आकर्षण रहेको महोत्सव निर्देशक खत्रीले जानकारी दिए ।

महोत्सवमा निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीको उपस्थितिमा अन्तरक्रियात्मक समूहगत छलफल, फोटो प्रदर्शनी, ‘लाइभ पेन्टिङ’लगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम