मुख्य समाचार
सन् २०२५ मा हलिउडका लोकप्रिय फिल्मको सूची सार्वजनिक, शीर्षमा ‘सुपर म्यान’
सन् २०२५ मा हलिउडका लोकप्रिय फिल्मको सूची सार्वजनिक, शीर्षमा ‘सुपर म्यान’

। सन् २०२५ मा हलिउडका लोकप्रिय फिल्मको सूची सार्वजनिक भएको छ । आइएमडीबीले बुधबार शीर्ष १० सूची सार्वजनिक गरेको हो ।

सूचीको शीर्षस्थानमा जेम्स गन निर्देशित फिल्म ‘सुपरम्यान’ छ । समीक्षकले समेत रुचाएको डीसी स्टुडियोको यो फिल्मले बक्सअफिसमा समेत उत्कृष्ट कमाइ गर्न सक्यो ।

विश्वभरबाट आफ्नो पृष्ठ भिजिट गर्ने २५० मिलियन व्यक्तिको सर्चको आधारमा लोकप्रिय सूची सार्वजनिक गर्ने गरिएको आइएमडीबीले जनाएको छ ।

यसैबीच, सन् २०२५ का लोकप्रिय अंग्रेजी सिरिजको सूची पनि सार्वजनिक भएको छ । जसको शीर्षस्थानमा एचबीओ श्रृंखला ‘द ह्वाइट लोटस’ छ ।

सूचीमा कुन कुन फिल्म छन् ?

१) सुपरम्यान

२) विपोन्स

३) सिन्नर्स

४) वन ब्याटल आफ्टर एनदर

५) जुरासिक वर्ल्ड रिबर्थ

६) फ्रान्केस्टाइन

७) ह्याप्पी गिलमोर २

८) थन्डरबोल्ट्स

९) मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ

१०) एफ वन

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पपस्टार टेलर स्विफ्ट सन् २०२५ मा मनोरञ्जन तथा मिडिया क्षेत्रमा विश्वकै सबैभन्दा शक्तिशाली महिला घोषित भएकी छिन् । फोर्ब्स म्यागजिनले विहिबार यसवर्षको शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ । स्विफ्ट सूचीको २१ औं स्थानमा छिन् । मनोरञ्जन विधातर्फ उनी पहिलो स्थानमा हुँदा टेलिभिजन पर्सनालिटी तथा सामाजिक अभियन्ता ओफ्रा विन्फ्रे सूचीको दोस्रो स्थानमा छिन् । पपस्टार ...
। आउँदो शनिबार हुने ‘पोखरा विन्टर फेस्ट’मा चर्चित भारतीय गायक सञ्जु राठोडले प्रस्तुति दिने भएका छन् । लेकसाइडको खहरेस्थित क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो । राठोडका गीतहरू गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत हिट छन् । उनी केही महिनाअघि पोखरा घुम्न आएका थिए । पोखरा मन परेका कारण सांगीतिक प्रस्तुति ...
। विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यका साथ ‘१३ औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ बिहीबारदेखि सुरु भएको छ । ‘बालअधिकार’ भन्ने नाराका साथ यही मंसिर २९ गतेसम्म पाँच दिन चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए । “हामीले २६ देशका ५० चलचित्र प्रदर्शन गर्दैछौँ, ...
— गत जुन २०मा रिलिज भएको फिल्म ‘सितारे जमीन पर’ सफल हुनुको पछाडि होला ? हालै सम्पन्न भएको ‘हिन्दुस्तान टाइम्स लिडरशिप समिट’मा सहभागी भएका अभिनेता आमिर खानले यसबारे बताए । उनीसँग सोधिएको थियो, ‘आजकल थिएटरमा दर्शक कसरी ल्याउने ?’ एक्सन, सुपरहिरो वा भव्य फिल्मबाहेक अरू थिएटरमा चल्दैनन् भन्ने मान्यता बलिउड वृत्तमा देखिएको बेला आमिरले अर्थपूर्ण जवाफ दिए ...
। नेटफ्ल्क्सिले सय वर्ष पुरानो हलिउडको चर्चित फिल्म स्टुडियो वार्नर ब्रदर्स डिस्कभरीलाई किनेको छ । यी दुईले शुक्रबार एक सम्झौताको घोषणा गरेका छन्, जसअन्तर्गत नेटफ्लिक्सले वार्नर ब्रदर्स, यसको फिल्म र टिभी स्टुडियोहरू, एचबीओ म्याक्स र एचबीओसहितलाई अधिग्रहण गर्नेछ । ८२.७ अर्ब अमेरिकी डलर (ऋण समावेश) सहित ७२ अर्ब डलर इक्विटी मूल्यमा आफूले प्रतिष्ठित स्टुडियो किनेको नेटफ्ल्क्सिले जनाएको ...