मुख्य समाचार
भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

। भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुलीधन्दा चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराई सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध मुद्दा चलाएको हो ।

अख्तियारले ७ चैत, २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो । अख्तियारले गरिरहेको नियमित निगरानीपछि भट्टराई पक्राउ परेका थिए ।

यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि मुछिएको थियो । उनकै योजना र सेटिङमा सहसचिव भट्टराईलाई एयरपोर्ट पठाइएको र त्यहाँबाट असुलीधन्दा चलेको आरोप लागेको थियो ।

घटना सार्वजनिक भएपछि तत्कालीन विपक्षी दलहरु माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका थिए ।


यो घटनामा तत्कालीन गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी, गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख छवि रिजाल लगायतका कर्मचारीको भूमिकामाथि समेत प्रश्न उठेको थियो ।

के हो भिजिट भिसा प्रकरण

नेपाली नागरिकहरु विदेश भ्रमणमा जाँदा विभिन्न मापदण्डहरु पुरा गर्नुपर्ने व्यवस्था थियो । बैंकमा पर्याप्त खातादेखि गन्तव्य मुलुकहरुको होटल बुकिङ लगायतका कागजात पेश गर्नेहरुलाई मात्रै अध्यागमन कार्यालयका कर्मचारीहरुले गन्तव्यमा जाने अनुमति दिन्थे ।

तर अध्यागमनका कर्मचारीले विभिन्न म्यानपावर र मानव तस्करी गर्ने एजेन्सीहरुसँग मिलेर असुली गर्ने र सेटिङबाट आएकाहरुलाई मात्रै विदेश पठाउने धन्दा चलाएका थिए । त्यही सिलसिलामा भ्रष्टाचार मुद्दा खेपिसकेका र विवादास्पद पृष्ठभूमिका तिर्थराज भट्टराईलाई गृह मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालय पठाएको थियो ।

अध्यागमनका कर्मचारीहरुले सामूहिक रुपमा रकम संकलन गर्ने संयन्त्र नै खडा गरेर मिलेमतोमा पठाएका व्यक्तिहरुको विवरण संकलन गरी रकम असुली गरिरहेको सूचना अख्तियारसम्म पुग्यो ।

रमेश लेखक गृहमन्त्री भइसकेपछि त्यो धन्दामा झनै संरक्षण भएको सूचनापछि अख्तियारले अध्यागमन कार्यालयमा निगरानी थालेको थियो । त्यसक्रममा घुस बाँडफाँट गर्ने समिति र रकम हिसाबकिताब राख्ने सफ्टवेयर नै बनाएको फेला परेको थियो ।


त्यतिबेला भिजिट भिसा प्रकरणमा अनुसन्धान चल्दाचल्दै पनि अध्यागमनबाट सेटिङमा युवाहरु विदेश पठाइएको विवरण सार्वजनिक भएको थियो । भिजिट भिसा प्रकरणपछि संसद अवरुद्ध गरिरहेको माओवादी केन्द्रका सांसदहरु लचिलो भएका थिए ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा भिजिट भिसाबारे अध्ययन गर्न समिति गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाइसके पनि हालसम्म त्यो सार्वजनिक भएको छैन ।


सहसचिव भट्टराई भूकम्प पीडितलाई बाँड्न त्रिपाल खरिद गर्दा अनियमितता गरेको आरोपमा पनि मुछिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ माघ, २०७२ मा काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

पछि विशेष अदालतले सफाइ दिएपछि उनी निजामती सेवामा फर्किएका थिए । त्यहीबीचमा असार २०७७ मा उनी आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मार्ने मुद्दामा फरार रहेका हेटौंडा उपमहानगरपालिका–३ लेवटका राकेश लामगादे भनेर चिनिने रामशरण विक पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्जमा सुरक्षाका लागि तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले बिहीबार विकलाई चितवन खैरहनी नगरपालिका–६ पुरानो पर्साबजार ईलाकाबाट नियन्त्रणमा लिएको हो । ‘उनलाई नियन्त्रणमा लिएर अदालतमा पेश पनि गरिसकेका ...
: नेकपा एमालेले विधान संशोधन नगर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधान अनुसार नेतृत्व चयन गर्ने निर्णय गरेको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन हुनेछ। यस्तै बैठकले १०८ जना प्रतिनिधि मनोनयन गरेको उनले बताए। ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको 'सिग्नेचर ब्रीज'को निरीक्षण गरेका छन्। मन्त्री घिसिङले ठेक्का सम्झौता बमोजिमकै समय तालिकामा निर्माण सम्पन्न गरी नमुना परियोजनाका रुपमा उदाहरण बनेर देखाउन आग्रह गरे। ४ सय २० मिटर लम्बाइ रहेको उक्त पुल १ अर्ब ६९ करोड लागतमा ...
— हिउँद याम सुरु भएसँगै पूर्वी तराईका जिल्लामा मानव–हात्ती द्वन्द्व बढेको छ। हिउँद सुरु भएसँगै यस वर्ष पनि बालीनाली सखाप पार्ने तथा विभिन्न भौतिक क्षति पुर्‍याउँदै आएको हात्तीले मानवीय क्षति समेत पुर्‍याउन थालेको छ। यस क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा शनिवार बिहान हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुन्दरहरैँचा संगम टोल निवासी ६० ...
: नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौर महाधिवेशनको उद्घाटन गर्दैछन्। उदघाटन समारोहस्थलमा नेता-कार्यकर्ताहरू बिहानै पुगेका छन्। उदघाटन समारोहस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली समेत परिचालन भएको छ। महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउने नेता-कार्यकर्ताहरुका लागि सवारी साधनको पार्किङ गठ्ठाघर र ...