मुख्य समाचार
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन्
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन्

। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताएका हुन् । मानव अधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा संवेदनशिल बन्दै गइरहेको उनको भनाइ छ ।

उनले मानवअधिकारमा राजननिति प्रवेश गरेमा त्यो विशाक्त हुने पनि उल्लेख पनि गरे ।

राजनीतिको चक्रव्युह र चंगुलबाट मानवअधिकारलाई अलग राख्नुपर्नेमा उनको जोड थियो ।

‘मानवअधिकारमा राजनिति प्रवेश भयो भने वातावरण विशाक्त हुन्छ, आ–आफ्नो विचारको चश्माबाट मानवअधिकारलाई हेर्न थालियो भने यसको विश्वव्यापी सार्वभौमिकता, यसको मान्यता, महत्व र यसको ओजमा निसन्देह असर पुग्ने नै हुन्छ,’ उनले भने ।

‘निजी विचार, व्यक्तिको आस्था भन्दा माथी उठेर मानवअधिकारलाई हेर्न खोजियो भने मात्र मानवअधिकारको सम्मान, संरक्षण र संवद्धन हुन सक्छ । विषाक्त राजनितिको चक्रव्युह र चंगुलबाट मानवअधिकारलाई तपाईंहरूले अलग्याउनुपर्छ । मानव अधिकारको कुरा बढी संवेदनशील किन हुन पुगेको छ भने यो विषय जष्टिस र लिवर्टीसँग पनि जोडिएकोले यो विषय संवेदनशील मात्रै हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मार्ने मुद्दामा फरार रहेका हेटौंडा उपमहानगरपालिका–३ लेवटका राकेश लामगादे भनेर चिनिने रामशरण विक पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्जमा सुरक्षाका लागि तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले बिहीबार विकलाई चितवन खैरहनी नगरपालिका–६ पुरानो पर्साबजार ईलाकाबाट नियन्त्रणमा लिएको हो । ‘उनलाई नियन्त्रणमा लिएर अदालतमा पेश पनि गरिसकेका ...
: नेकपा एमालेले विधान संशोधन नगर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधान अनुसार नेतृत्व चयन गर्ने निर्णय गरेको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन हुनेछ। यस्तै बैठकले १०८ जना प्रतिनिधि मनोनयन गरेको उनले बताए। ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको 'सिग्नेचर ब्रीज'को निरीक्षण गरेका छन्। मन्त्री घिसिङले ठेक्का सम्झौता बमोजिमकै समय तालिकामा निर्माण सम्पन्न गरी नमुना परियोजनाका रुपमा उदाहरण बनेर देखाउन आग्रह गरे। ४ सय २० मिटर लम्बाइ रहेको उक्त पुल १ अर्ब ६९ करोड लागतमा ...
— हिउँद याम सुरु भएसँगै पूर्वी तराईका जिल्लामा मानव–हात्ती द्वन्द्व बढेको छ। हिउँद सुरु भएसँगै यस वर्ष पनि बालीनाली सखाप पार्ने तथा विभिन्न भौतिक क्षति पुर्‍याउँदै आएको हात्तीले मानवीय क्षति समेत पुर्‍याउन थालेको छ। यस क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा शनिवार बिहान हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुन्दरहरैँचा संगम टोल निवासी ६० ...
: नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौर महाधिवेशनको उद्घाटन गर्दैछन्। उदघाटन समारोहस्थलमा नेता-कार्यकर्ताहरू बिहानै पुगेका छन्। उदघाटन समारोहस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली समेत परिचालन भएको छ। महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउने नेता-कार्यकर्ताहरुका लागि सवारी साधनको पार्किङ गठ्ठाघर र ...