मुख्य समाचार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिका लागि आवदेन खुल्ला
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिका लागि आवदेन खुल्ला

। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिका लागि आवदेन खुल्ला गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपति सिफारिस समितिको सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै सात दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।

प्रतिष्ठानका कुलपतिलाई उपकुलपति सिफारिस गर्न सहयोग गर्ने उद्देश्यले प्रकाशित सूचनामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७३ र प्रतिष्ठानका पदाधिकारीको बैठक, काम, कर्तव्य तथा पारिश्रमिक सम्बन्धी नियमावली–२०७४ मा उल्लेखित योग्यता पूरा गर्ने व्यक्तिले आवेदन दिन सक्ने उल्लेख गरिएको छ।

यसअन्तर्गत उपकुलपति पदमा मनोनीत हुने व्यक्तिले प्रतिष्ठानका विभिन्न निकाय तथा पदाधिकारीको बैठक सञ्चालन, योजनाको प्रभावकारी कार्यान्वयन, समन्वय, प्रशासनिक नेतृत्व तथा सुदृढ व्यवस्थापन जस्ता जिम्मेवारी वहन गर्नुपर्नेछ।

इच्छुक उम्मेदवारले आफ्नो शैक्षिक योग्यतासहित कार्यानुभव, आवश्यक कागजात तथा पेशागत योजना स्पष्ट रूपमा उल्लेख गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदबारस्थित सिफारिस समिति सचिवालयमा आवेदन दिन सक्ने सूचनामा भनिएको छ ।

गत २९ असोजमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले अचानक पदबाट राजीनामा दिएपछि सो पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक ...
। ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्नेलगायत स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले बताइन्। उनका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी ...
भोटेकोशी नदीमा आएको बाढीले बागमती प्रदेशका जिल्लाहरूमा भीषण क्षति पुर्‍यायो । त्यसको निरीक्षण गरेर फर्किनुभयो, त्यहाँको अवस्था कस्तो पाउनुभयो ? भोटेकोशी नदीमा आएको बाढीले प्रभावित बनेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा पालिकामा धेरै ठूलो जनधनको क्षति भएको छ । झन्डै ७ हजारको हाराहारीमा मानवीय क्षति भएको अनुमान गरेका छौं । मानवीय क्षतिसँगै त्यहाँका ...
। रसुवा बाढीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको छ । बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको जानकारी दिए । उनका ...
। १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा पानीजन्य रोग तथा खाद्य विषाक्तता (फुड पोइजनिङ) को उच्च जोखिम रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बाढीका कारण खानेपानीका स्रोतहरू प्रदूषित भएको र अस्वस्थकर खाद्य वस्तुको उपभोगले महामारी फैलिन सक्ने भन्दै विभागले सम्पूर्ण उपभोक्ता, राहत वितरक ...