मुख्य समाचार
नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने
नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने

। नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।


एमाले नेता महेश बर्तौलाकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छैन । बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरूलाई शुभकामनापत्र पठाउन भनिएको छ ।

एमालेको ११ औं महाधिवेशन २७ देखि २९ मंसिरसम्म काठमाडौंमा सुरु हुँदैछ । जसमा एमालेले नेपालकै विभिन्न १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरेको छ ।


महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको उनले जानकारी दिए । बर्तौलाका अनुसार लाखौँको संख्यामा नेता/कार्यकर्ताहरु महाधिवेशनका लागि काठमाडौं आउनेक्रम जारी रहेको बताए ।

महाधिवेशनमा १ सय ८ जना मनोनितसहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने उनले बताए ।

बिहीबार बसेको बैठकले बाँकी रहेका कामहरू तत्काल समापन गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरीले लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ७६ हजार १७० पिससहित चार जनालाई वीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढवाका २० वर्षीय युवराज पटेल, त्यही ठाउँका २१ वर्षीय अफजल देवान, धादिङकाे बेनिघाट रोराङ गाउँपालिका–६ का १९ वर्षीय ...
: जर्मनीले रुसमाथि साइबर आक्रमण र चुनावमा हस्तक्षेपको प्रयास गरेको आरोप लगाएको छ। त्यसपछि जर्मनीले रुसी राजदूतलाई बोलाएको छ। जर्मन विदेश मन्त्रालयका प्रवक्ताले अगस्ट २०२४ मा हवाई ट्राफिक नियन्त्रणमा गरिएको साइबर आक्रमण रुसको सैन्य गुप्तचर निकायले गरेको बताएका छन्। प्रवक्ताले रुसले यस वर्ष फेब्रुअरीमा भएको संघीय चुनावलाई प्रभाव पार्ने र अस्थिर बनाउने प्रयास गरेको आरोप पनि ...
— रौतहटको चन्द्रनिगाहपुरमा सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम तिरको पहिलो लच्का नजिकै पूर्वबाट पश्चिम जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशा तर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कार ओभर टेक गर्ने क्रममा शुक्रवार बिहान ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी ...
: नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई सुदृढ बनाउँदै सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल होस् भन्ने कामना गरेकी छन्। मुलुक अहिले तरल राजनीतिक ...
— गत २३ भदौको जेन–जी आन्दोलन र २४ मा तोडफोड, लुटपाट र आगजनीका क्रममा साढे ८४ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ । प्रदर्शनका क्रममा देशभरका सार्वजनिक सम्पत्ति, निजी व्यवसाय तथा संस्थान र व्यावसायिक घरानामा गरी ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले औंल्याएको छ । जेन–जी आन्दोलनमा ...