मुख्य समाचार
पूर्वगृहमन्त्री रमेश लेखकले विषम परिस्थितिका कारण भदौ २३ गते जेनजी आन्दोलनमा गोली चलेको दाबी
पूर्वगृहमन्त्री रमेश लेखकले विषम परिस्थितिका कारण भदौ २३ गते जेनजी आन्दोलनमा गोली चलेको दाबी

। पूर्वगृहमन्त्री रमेश लेखकले विषम परिस्थितिका कारण भदौ २३ गते जेनजी आन्दोलनमा गोली चलेको दाबी गरेका छन् । उनले प्रदर्शनकारीहरूको हताहति हुनुमा आफ्नो कुनै भूमिका नभएको जिकिर गरेका छन् ।

जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित दायर रिट निवेदनको जवाफमा तत्कालिन गृहमन्त्री लेखक २१ जनाको हताहती हुनेगरी भएको बल प्रयोगको जिम्मा लिन अस्विकार गरेका हुन् ।

‘गृहमन्त्रीमा बहाल रहँदासम्म पदिय हैसियतले जिम्मेवारी पूरा गर्दागर्दै विषम परिस्थिति सृजना भई हिंसात्मक गतिविधि सृजना हुन गएको’ लेखकले लिखित जवाफमा भनेका छन्, ‘त्यसमा मेरो कुनै भूमिका नभएकोले रिट निवेदन खारेज होस् ।’

जेनजी (युवा समूह)ले शान्तिपूर्ण हुने भनेको प्रदर्शनमा घुसपैठ भई बानेश्वरस्थित संसद् भवनमा उग्र, हिंसात्मक र विध्वंसात्मक प्रदर्शन भएको भन्दै उनले त्यसकै कारण दु:खदायी र अकल्पनीय घटना भएको जिकिर गरेका हुन् ।

२१ जनाको ज्यान जानेगरी भएको घटनाले आफूलाई अत्यन्त पीडाबोध भएको भन्दै तत्कालीन गृहमन्त्री लेखकले त्यही दिन नैतिकताको आधारमा आफूले राजीनामा दिएको दाबी गरेका छन् ।

राजीनाको दिएकाले भोलिपल्ट अर्थात् भदौ २४ गतेको घटनामा पनि आफूलाई प्रश्न गर्न नमिल्ने दाबी गरेका छन् । उनले लिखित जवाफमा भनेका छन्, ‘तत्कालीन गृहमन्त्रीबाट प्रधानमन्त्री समझ राजीनामा दिइसकेको हुँदा भाद्र २४ गतेको घटनाबारे मेलै पदीय जिम्मेवारी बोक्ने विषय नै भएन ।’

भदौ २२ गते बेलुकी आफूले केन्द्रीय सुरक्षा समितिको बैठक राखेको र त्यहाँ सुरक्षा निकायका प्रमुख एवं अरु अधिकारीहरूले समेत ‘प्रदर्शन शान्तीपूर्ण हुने विश्वास गरेको’ जिकिर गरेका छन् । त्यही बैठकमा उनले हताहती हुन नदिन, कम बल प्रयोग गर्न र शान्तिसुरक्षाको उचित व्यवस्था मिलाउन निर्देशन दिएको दाबी गरेका छन् ।

आफूमाथिको आरोपको प्रतिवाद गरेका उनले सुशीला कार्की कार्की नेतृत्वको सरकार गठन र प्रतिनिधिसभा विघटनको प्रश्नमा तटस्थ बस्ने नीति लिएका छन् । लिखित जवाफमा उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतबाट संविधानको व्याख्या विश्लेषण गरी प्रतिनिधिसभा पुनर्स्थापना गरी हाल बहाल रहेको प्रधानमन्त्री सुशीला कार्कीलाई पदमुक्त गर्ने वा नगर्ने सम्बन्धमा अदालतबाटै निर्णय हुने नै हुँदा यस विषयमा मैले प्रतिवाद गरेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...
— पूर्व-पश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायी जनाएका छन् । मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए । मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने ...
: अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईलाई सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा छाड्न आदेश भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले भट्टराईसँग २५ लाख धरौटी माग गरिएको बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध ...
— गत वर्ष एमाले केन्द्रीय कार्यालय दानबाट बनाउने निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि कारबाही भोगेकी स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले पार्टीको महाधिवेशनमा उपमहासचिवमा उम्मेदवारी दिने तयारी गरेकी छन् । एमाले पदाधिकारीमा कम्तीमा ३३ प्रतिशत र अन्य कमिटीमा ४० प्रतिशत महिला सहभागिता हुनुपर्ने उनको जोड छ । उनै बिन्दा पाण्डेसँग कान्तिपुरका गंगा बीसीले महाधिवेशन केन्द्रित गरेको कुराकानी : एमालेको महाधिवेशनमा ...
: वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरीले लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ७६ हजार १७० पिससहित चार जनालाई वीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढवाका २० वर्षीय युवराज पटेल, त्यही ठाउँका २१ वर्षीय अफजल देवान, धादिङकाे बेनिघाट रोराङ गाउँपालिका–६ का १९ वर्षीय ...