मुख्य समाचार
गोर्खा भर्तीबारे प्रश्न उठाउँदै पदमबहादुर गुरुङले भने– नेपाल सार्वभौम कसरी रह्यो ?
गोर्खा भर्तीबारे प्रश्न उठाउँदै पदमबहादुर गुरुङले भने– नेपाल सार्वभौम कसरी रह्यो ?

। गोरखा भूतपूर्व सैनिक संगठन (गेसो) का सभापति पदमबहादुर गुरुङले नेपाल–ब्रिटिस सम्बन्ध, नेपाली भूपू सैनिकको भर्ती प्रक्रिया र नेपालको सार्वभौमसत्तासम्बन्धी कडा टिप्पणी गरेका छन् ।

ब्रिटिस इस्ट–इन्डिया कम्पनीले भारतीय भूभागमा पाइला टेकेको समयदेखि नै नेपाल र नेपालीका लागि ‘दुर्भाग्य’को श्रृंखला सुरू भएको उनको दाबी छ ।


बेलायतमा सरकार र पूर्व गोर्खा सैनिकका प्रतिनिधिबीच लण्डनमा वार्ताको गृहकार्य भइरहेको समाचार सार्वजनिक भएकै दिन गुरुङले आज पोखराबाट विज्ञप्ति जारी गर्दै ब्रिटिस सेनामा नेपाली भर्तीलाई ‘मानव तस्करी र गैरसैनिक नेपालीमाथिको जातीय नरसंहार’ भनेर आलोचना गरे । उनका अनुसार ब्रिटिस ‘गल्लावाल’हरू गाउँ–गाउँ पुगेर १४ देखि ३९ वर्षसम्मका नेपाली युवालाई युद्धका लागि बिना तलब दासझैं प्रयोग गरेका थिए । जसको प्रभाव आजसम्म कायम रहेको दाबी उनले गरे ।

प्रथम र द्वितीय विश्वयुद्धदेखि अहिलेसम्म ८० हजारभन्दा बढी नेपाली गैरसैनिक नागरिकलाई युद्धमा होमिएको तथा हजारौं घाइते बनेको गुरुङको दाबी छ । ‘विश्वसँग कूटनीतिक सम्बन्ध भएका राष्ट्रविरुद्ध नेपाली नागरिकलाई युद्धमा पठाउनु मानवीय अपराधको प्रमाण स्वयम् म आफैं हुँ’ गोर्खा भूतपूर्व सैनिक समेत रहेका गुरुङले भनेका छन् ।

गुरुङले सन् २०१६ मा ब्रिटिस इस्ट–इन्डिया कम्पनीले नेपालका स्वार्थी शासकको साथ लिएर नेपालको दुई–तिहाइ भूभाग कब्जा गरेको र नेपाल सरकारको मौनताले उपनिवेशवादी शक्तिलाई ठूलो कदम चाल्न हिम्मत मिलेको टिप्पणी गरेका छन् ।

राणा शासनकालमा मोहन शम्शेरले ब्रिटिस सैनिक क्याम्पलाई नेपालभित्र राख्ने अनुमति दिएको दिनदेखि नेपाल सार्वभौमसत्ता खोसिएको उनको आरोप छ । ‘धर्तिमातामाथि विदेशी सैनिकको बुट टेकेर झन्डा फहराउने अवस्थालाई वैधानिक सरकारले कसरी ठहर गर्न सक्छ ?’ उनको प्रश्न छ ।

गुरुङले नेपाल सरकारसँग स्पष्ट जवाफ माग्दै प्रश्न गरेका छन्, ‘यदि यो नेपाल सरकारकै नीति हो भने किन चीन, पाकिस्तानलगायत मित्रराष्ट्रविरुद्ध नेपालीलाई युद्धमा पठाइयो भन्ने खुलाउनुपर्छ । यदि यो ब्रिटिसको नीति हो भने नेपाल सार्वभौम कसरी रह्यो ?’

गुरुङका अनुसार गेसोले बेलायतमा १० वर्षसम्म लडेका मुद्दाका अनुभवका आधारमा यी प्रश्न उठाइएका हुन् । उनले नेपाली जनतालाई जवाफ नदिएसम्म ‘सत्तामा बस्ने नैतिक अधिकार सरकारसँग रहँदैन’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुनु केही दिनअघि जनकपुर बोल्ट्सका एक जना खेलाडीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘रुबी ठाकुर’ नामको आईडीबाट फोन नम्बर माग्दै म्यासेज आयो । ‘नम्बर अथवा तिमी खाली भएका बेला हामी भेट्न सक्छौं ? हामी दुवै जनालाई फाइदा हुने कुरा छलफल गरौं,’ म्यासेजमा भनिएको थियो । खेलाडीले कस्तोखाले स्पोन्सर हो भन्ने सोच्दै ...
— नेपाली राजपरिवारले बेलायतमा कम्पनी खोल्न लागेको भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनोज कुमार भनिने अनुपकुमार सिंह छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भागेर भारततर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए । उनले आफूलाई हिमानी ट्रस्टको कर्मचारी समेत बताएर ठगी गर्ने गरेको खुलेको छ ...
— पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारका क्रममा पूरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । दुर्घटनामा घटनास्थलमै मृत्यु हुनेहरु निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, नवलपुर ...
— रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकाले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताए । सुर्खेतमा कर्णाली प्रदेशस्तरीय राजनीति प्रशिक्षण कार्यक्रममा अर्यालले अहिलेको सरकार यस विषयमा मौन रहेको बताएका हुन् । 'हामीले मानेको जनताको सरकार, नागरिकको सरकार किन मौन छ,' उनले भने, 'तत्कालीन सरकारले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साधेर कारागार ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...