: पर्सा–२ का नवनिर्वाचित रास्वपाका सांसद सुशील कुमार कानुले आफ्नै श्रीमानबाट घरेलु हिंसा परेर गम्भीर घाइते भएकी हरिकला देवी सहनीलाई भेटेर उनको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।
बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै सांसद कानुले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले पीडितमाथि जघन्य आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ ...