: महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्रलाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बीच पार्टी एकता हुने भएको छ।
बुधबार तीन नेताले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै एकता आवश्यक भएको मनन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी एकजुट भई एकीकृत हुने निर्णय भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ,ʻमधेश, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिम लगायत सिमान्तिकरणमा पारिएकाहरूको प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्ति र व्यक्तित्वहरूसँग यस अभियानमा सहभागी हुन अपिल गर्दछौँ।ʼ
देशमा विकसित परिस्थितिको निकास र भ्रष्टाचार तथा बेथितिको अन्त्य गर्दै विधिको पूर्ण सुशासन कायम गर्न ताजा जनादेशको लागि आम निर्वाचन एकमात्र विकल्प भएको विज्ञप्तिमा भनिएको छ।