मुख्य समाचार
अमेरिकामा एकैपटक ८५ हजार भिसा रद्द
अमेरिकामा एकैपटक ८५ हजार भिसा रद्द

: अमेरिकी विदेश विभागले कडा आप्रवासन नियमन लागू गर्दै सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत गरिएको घोषणामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा निरन्तर कडाइ गरेको र ‘अमेरिकालाई फेरि सुरक्षित बनाऔं’ भन्ने नारालाई प्राथमिकतामा राखिएको उल्लेख छ।


भिसा रद्द गर्नुको पछाडि अपराध नियन्त्रण तथा सीमा सुरक्षालाई नै प्रमुख कारणका रूपमा प्रस्तुत गरिएको छ। विभागका एक वरिष्ठ अधिकारीका अनुसार रद्द गरिएका भिसामध्ये ८ हजारभन्दा बढी विद्यार्थीको भिसा समावेश छन्। असुरक्षित गाडी चलाउनु, चोरी, आक्रमणलगायत विभिन्न कानुन उल्लंघनका आधारमा धेरै भिसा रद्द गरिएको सीएनएनलाई उद्धृत गर्दै बताइएको छ।


यसअघि पनि अमेरिकी विदेश विभागले भिसाको अवधि सकिनु, आतंकवादसँग सम्बन्धित समर्थन, अवैध क्रियाकलाप तथा राष्ट्रिय सुरक्षामा खतरा मानिएका गतिविधिहरूमा संलग्न भएको आशंकामा भिसा रद्द गर्ने अभ्यास गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक नयाँ योजना सुरू गरेका छन् । ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्,' यो कार्ड खरिदकर्ताहरूलाईज्ञ सबै योग्य र प्रमाणित व्यक्तिहरूकोलागि नागरिकताका लागि बाटो खुलेको छ। हाम्रा महान् अमेरिकी कम्पनीहरूले अब आफ्नो अमूल्य प्रतिभालाई कायम राख्न सक्नेछन्।' ट्रम्पले 'गोल्ड कार्ड' नामक यो योजना यसवर्षको सुरूमा घोषणा गरेका थिए। जसअन्तर्गत कम्तीमा १० ...
। चीनले बुधबार ‘लिजियन–१’ क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसमा संयुक्त अरब इमिरेट्सको एक उपग्रहसहित ९ वटा उपग्रहहरू थिए । ‘लिजियन–१’ चीनको हल्का तौलको व्यावसायिक रकेट हो, जसलाई सानो र मध्यम आकारका उपग्रहहरूलाई पृथ्वीको अन्य कक्षमा पठाउन डिजाइन गरिएको हो । यो बहु–उपग्रह प्रक्षेपण क्षमतासहित छोटो समयमै उपग्रहहरूलाई योजनाबद्ध कक्षामा पुर्‍याउन सक्षम छ र प्रायः जियुक्वान स्याटेलाइट ...
। कम्बोडियासँग चलिरहेको सीमा झडपमा ९ जना थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताएका छन् । उनका अनुसार द्वन्द्वले लगभग दुई लाख थाई नागरिकहरूलाई विस्थापित गरे पछि उनीहरुले हाल शरणार्थी शिविरहरूमा शरण लिएका छन् । पत्रकारहरुको साक्षातकारमा सुरासान्टले शरण लिएकै अवस्थामा तीन शरणार्थीको मृत्यु भएको रिपोर्ट ...
। ‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान’ (जीसीआरपीपीबी) ले दशकौँदेखि जेलमा राखिएका सबै भुटानी राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न भुटान सरकारलाई आग्रह गरेको छ । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा संगठनले भुटानमा अझै पनि थुनामा रहेका सबै राजबन्दीहरूको सुरक्षित र निसर्त रिहाइ सुनिश्चित गर्न दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायलाई पनि अपिल गरेको ...