मुख्य समाचार
‘धुरन्धर’ लाई खाडीका देशमा प्रतिबन्ध
‘धुरन्धर’ लाई खाडीका देशमा प्रतिबन्ध

। रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले अहिले भारतसहित अन्तर्राष्ट्रिय बजारमा पनि उछाल कमाइ गरिरहेको छ । नेपाली बक्सअफिसमा पनि यसको कमाइ उत्साहजनक देखिन्छ ।

भारतीय बक्सअफिसमा यसले छैटौं दिनसम्म १८८.६० करोड भारु कमाएको छ । यस सप्ताहन्तमा फिल्मले २०० करोड भारुको आँकडा पार गर्दै आफूलाई ब्लकबस्टरको रुपमा उभ्याउने निश्चित छ ।

शुक्रबार २८.६० करोड भारुको ओपनिङ गरेको फिल्मले शनिबार ३३.१० करोड भारु, आइतबार ४४.८० करोड भारु, सोमबार २४.३० करोड भारु, मंगलबार २८.६० करोड भारु र बुधबार २९.२० करोड भारु कमाएको छ ।

बलिउड मात्र होइन, अहिले भारतीय राजनीतिज्ञबीच पनि यसको चर्चा गर्माएको छ । एक भारतीय जासूसको कथा पेश गर्ने यो फिल्मले पाकिस्तानभित्र घुसेर बदला लिने भारतीय गुप्तचरको कथा पेश गर्छ ।

भारतीय आँखाबाट भनिएको फिल्ममा पाकिस्तानभित्रको राजनीति, भूमिगत संसार र डनगिरीको कथा भनिएको छ । पाकिस्तानभित्र अलग राज्य माग गरिरहेको बलोचिस्तानको कथा पनि यसभित्र छ । राजनीतिक कथावस्तुमा भनिएको सुन्दर र मर्मस्पर्शी कथाको चौतर्फी प्रशंसा भैरहेको छ ।

मध्यपूर्वमा प्रतिबन्ध

यो फिल्मलाई मध्यपूर्वका मुलुकहरू बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र युएईमा भने प्रतिबन्ध लगाइएको छ । पाकिस्तानी विरोधी कथावस्तुको फिल्म भएको कारण देखाउँदै ती देशले प्रदर्शन रोकेका हुन् ।

मध्यपूर्वका ती मुलुकको कूटनीतिक सम्बन्ध इस्लामिक मुलुक पाकिस्तानसँग हार्दिक छ । निर्माताले प्रदर्शनका लागि प्रयास गरेपनि ती मुलुकले फिल्मको थिमलाई नरुचाएको जनाइएको छ ।

सन् २०२४ मा ऋतिक रोशन स्टारर फिल्म ‘फाइटर’ लाई युएईबाहेकका खाडी देशले रोकेका थिए । अक्षय कुमारको ‘स्काइ फोर्स’ र जोन अब्राहमको ‘द डिप्लोम्याट’लाई पनि रोक लगाइएको थियो ।

साथै, आर्टिकल ३७०, टाइगर ३ र कश्मिर फाइल्सजस्ता चर्चित भारतीय फिल्मलाई पनि मध्यपूर्वका मुलुकले प्रदर्शनमा प्रतिबन्ध लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम