मुख्य समाचार
बजेट अभावका कारण नवलपरासीका २३ हजार बालबालिका आयुर्वेद औषधि खानबाट वञ्चित
बजेट अभावका कारण नवलपरासीका २३ हजार बालबालिका आयुर्वेद औषधि खानबाट वञ्चित

: बजेट अभावका कारण नवलपरासीका २३ हजार बालबालिका आयुर्वेद औषधि खानबाट वञ्चित भएका छन्। कुल बालबालिकामध्ये १ हजार बढी बालबालिकालाई मात्र औषधि खुवाइएको छ। नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रले १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु प्राशन (आयुर्वेद औषधि) खुवाउने कार्यक्रम सञ्चालन गरेको छ।


पहिलो चरणमा मंसिर २२ गते सञ्चालन गरिएको कार्यक्रममा ५०५ जना बालक र ५५० जना गरी जम्मा १ हजार ५५ जना बालबालिकालाई औषधि खुवाइएको स्वास्थ्य केन्द्रकी डाक्टर अर्चना शुक्लाले जानकारी दिइन्। जिल्लामा उक्त उमेर समूहका बालबालिकाको संख्या २४ हजार ११५ रहेको स्वास्थ्य कार्यालयका अधिकृत(तथ्याङ्क) यवदेव न्यौपानेले बताए। ‘यो कार्यक्रम पहिलो पटक सञ्चालन गरिएको हो। यति धेरै आउँछन् भन्ने सोचेका थिएनौं। झन्डै २ सयलाई औषधि खुवाउने लक्ष्य लिए पनि धेरैलाई खुवाइयो’, डाक्टर शुक्लाले भनिन्।


स्वास्थ्य केन्द्रले फेरि असार ३ गतेसम्म ७ पटक औषधि खुवाउँदै छ। जसअनुसार आगामी पुस २१, माघ १८, फागुन १७ र चैत १४ गते खुवाइने छ। त्यसैगरी २०८३ वैशाख १०, जेठ ६ र असार ३ गते बालबालिकालाई औषधि खुवाइने डाक्टर शुक्लाले बताइन्।


महिनाअनुसार औषधि खुवाउने दिन फरक छ। ‘पुष्य नक्षत्र’ का दिन मात्र खुवाइने भएकाले पात्रोअनुसार मिति तय गरिएको डाक्टर शुक्लाले बताइन्। ज्वरो आएको बेला, झाडा पखला लागेको बेला यो औषधि खुवाउन नहुने आयुर्वेद चिकित्सकहरूले बताएका छन्। यो औषधि खुवाउँदा बालबालिकाको रोग प्रतिरोध क्षमता वृद्धि गराउने, शारीरिक र मानसिक विकासमा मद्दत गर्ने आयुर्वेद चिकित्सकहरूको भनाइ छ।

सात पालिका रहेको जिल्लामा एक ठाउँबाट मात्र औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिएको हो। जसले गर्दा अधिकांश बालबालिका यो सेवाबाट वञ्चित भएका छन्। बालबालिका छुटेको भन्दै अभिभावकहरूले अब वडाबाटै कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्। तर स्वास्थ्य केन्द्रले भने बजेट अभावका कारण सबैलाई समेट्न असम्भव रहेको जनाएको छ। ‘जिल्लामा पहिलो पटक परीक्षणका रुपमा यो कार्यक्रम सञ्चालन गरिएको हो। बजेट भए वडाबाट पनि सञ्चालन गर्न सकिन्छ। त्यसका लागि पालिका वा वडाले बजेट सहयोग गरे सहज हुने थियो’, डाक्टर शुक्लाले भनिन्।

कार्यक्रमका लागि प्रदेश सरकारले जम्मा एक लाख रुपैयाँ उपलब्ध गराएको छ। चालु आर्थिक वर्षको ८ पटक खुवाउनु पर्ने भएकाले वडाबाट सञ्चालन गर्न नसकिने उनको भनाइ छ। ‘एक वर्षमा एक बालबालिकाले १२ पटक खानु पर्छ। बजेट नभएकाले ८ पटक मात्र खुवाउन लागिएको हो’, शुक्लाले भनिन्।

५ सय जना बालबालिकालाई १२ पटक खुवाउनका लागि झन्डै २ लाख रुपैयाँ खर्च हुने र उक्त रकम वडा वा पालिकाले सहयोग गरे त्यही गएर खुवाउन सकिने डाक्टर शुक्लाको भनाइ छ। स्वर्णविन्दु प्राशन भनेको स्वर्णभष्म, मह र ब्राह्रीघृत (घोलटाप्रेलाई मिश्रण गराएर बनाइएको घ्यू) मिसाएर तयार गरिएको आयुर्वेद औषधि रहेको डाक्टर शुक्लाले बताइन्। थोपाको रुपमा खुवाउने यो औषधि उमेरअनुसार थोपाको मात्र फरक छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...
। कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा ...