: कारागारबाट भागेका लागुऔषध मुद्दाका एक जना थुनुवालाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ।
सुन्दरहरैँचा नगरापालिका–६ घर भएका ३१ वर्षीय अजित श्रेष्ठ बिहीबार पक्राउ परेका हुन्। लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि गत असार ३१ गते श्रेष्ठलाई झुम्का कारागार चलान गरिएको थियो।
जेनजी आन्दोलनको मौका छोपेर उनी भदौ २४ गते कारागारबाट फरार भएका थिए। लुकिछिपी बस्दै आएको विशेष सूचनाका आधारमा उनलाई प्रहरीले सुन्दरहरैँचास्थित घरबाटै पक्राउ गरेको हो। श्रेष्ठलाई शुक्रबार कारागारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।