मुख्य समाचार
विराटनगरस्थित कोशी अस्पताल र बाल सुधारगृहबाट भागेका थुनुवा र बाल बिज्याइँकर्ता पक्राउ
विराटनगरस्थित कोशी अस्पताल र बाल सुधारगृहबाट भागेका थुनुवा र बाल बिज्याइँकर्ता पक्राउ

: विराटनगरस्थित कोशी अस्पताल र बाल सुधारगृहबाट भागेका थुनुवा र बाल बिज्याइँकर्ता पक्राउ परेका छन्। अस्पतालको शौचालयबाट भागेका १ जना थुनुवा अढाई महिनापछि पक्राउ परेका छन्। मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालका अनुसार मोरङको कटहरी गाउँपालिका–१ घर भएका २० वर्षीय मोहमद राजुलाई शुक्रबार बिहानका राति पक्राउ गरिएको बताइन्। राजु चोरी मुद्दाका थुनुवा हुन्। जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई गत भदौ १७ गते जिल्ला कारागार मोरङ चलान गरिएको थियो।


कारागारमा बन्दी जीवन बिताइरहेका राजुलाई अचानक पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि असोज १२ गते साँझ कोशी अस्पताल भर्ना गरिएको थियो। उपचाररत अवस्थामै शौचालय लैजाने क्रममा उनी सुरक्षाका लागि खटिएका प्रहरीलाई छलेर शौचालयको भेन्टिलेसनबाट हामफालेर सोही दिन राति ८:२० बजेतिर फरार भएका थिए। लामो समयदेखि खोजी जारी राखिएका राजुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सई सुवास अधिकारी नेतृत्वको टोलीले शुक्रबार बिहानका राति ४:२५ बजेतिर पक्राउ गरेको हो।


उनी आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला परेको जानकारी डीएसपी चुँडालले बताइन्। उनका अनुसार राजुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढाइएको छ। त्यस्तै, विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहबाट भागेकामध्ये १ जना बाल बिज्याइँकर्ता पनि फेला परेका छन्। मोरङको उर्लाबारी नगरपालिका–६ का १० वर्षीय बाल बिज्याइँकर्तालाई शुक्रबार बिहानका राति पक्राउ गरिएको जानकारी चुँडालले दिइन्। कर्तव्य ज्यान मुद्दामा अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका ती बाल बिज्याइँकर्ता गत कात्तिक २० गते दिउँसो ४:२० बजेतिर अन्य बाल बिज्याइँकर्तासँगै सुधारगृहबाट फरार भएका थिए।


उनलाई विराटनगर महानगरपालिका–४ कञ्चनबारी नजिकबाट बिहानका राति १:१५ बजेतिर पक्राउ गरेको डीएसपी चुँडालले बताइन्। उनका अनुसार फरार रहेका बाल बिज्याइँकर्तालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ। अहिले पक्राउ परेकासहित ७ जना बाल बिज्याइँकर्ता बाल सुधारगृहबाट कात्तिक २० गते फरार भएका थिए। बाल सुधारगृहको सुरक्षामा खटिएका प्रहरीलाई धक्कामुक्की गरेर भागेकामध्ये २ जना यसअघि नै पक्राउ परिसकेका छन्। हालसम्म पक्राउ पर्नेको संख्या ३ पुगेको छ। अब ४ जना भागिरहेको र उनीहरुको खोजी जारी राखिएको जानकारी डीएसपी चुँडालले दिइन्।

त्यतिबेला बाल बिज्याइँकर्ताको धक्कामुक्कीका कारण ३ जना प्रहरीसमेत सामान्य घाइते भएका थिए। फरार हुनेहरु १८ वर्षमाथिका छन्। सुधारगृहमा विभिन्न उमेर समूहका र क्षमताभन्दा बढी बिज्याइँकर्ता एकै ठाउँमा राखिएकाले बेलाबेलामा समस्या उत्पन्न हुने गरेको कर्मचारीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको हो। यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बर्दियाबाट आगामी फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि पूर्वसिंचाई मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...
। अभिनेत्री रेखा थापाले किताब र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन् । उनले आफूले किताब पढ्ने गरेको बताइन् । नेपालमा दुःखका कथा धेरै रहेको र आफूले पनि तिनै कथालाई ...
। नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई यतिबेला महाधिवेशनले छोपेको छ । पार्टी प्रचार विभागका अनुसार महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यसैबीच अहिले केन्द्रीय कार्यालय च्यासलमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको भीड लागेको छ । च्यासलमै एमालेको सचिवालय बैठक पनि जारी छ । पार्टी कार्यालयमा देखिएका अधिकाशं नेताहरू टाउकोमा ढाका टोपी लगाएका छन् । सल्लाघारीमा हुने उद्घाटन सत्रमा भने ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी समूहबीच भएको सहमति कार्यान्वयनमा गम्भीरता देखाउन सरकारसँग आग्रह गरेका छन्। उनले जेनजी आन्दोलनले स्थापित गरेको सुशासनको संकल्प र अठोट अब सबैको साझा जिम्मेवारी र कर्तव्य बन्नुपर्नेमा जोड दिएका छन्। महामन्त्री शर्माले राजनीतिक दलहरूलाई लोकतन्त्रको मुख्य र अविछिन्न सारथि मान्दै सहमतिको हस्ताक्षर गर्ने क्रममा दलहरूलाई स्वामित्व र अपनत्व ...