मुख्य समाचार
वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने
वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने

। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ ।

यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ ।
बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सलाई अँगाल्ने एउटा महत्वपूर्ण कदम हो । रचनात्मक रोजगारी र बौद्धिक सम्पत्ति अधिकारमा एआईले पार्न सक्ने सम्भावनाबारे चिन्ता व्यक्त भइरहँदा दुई ठूला कम्पनीबीच यस्तो सम्झौता भएको हो ।

सम्झौताको एक भागको रूपमा, सोरा र च्याटजीपीटी इमेजेजले सन् २०२६ को सुरुदेखि नै मिकी माउस, सिन्ड्रेला र मुफासा जस्ता इजाजतपत्र प्राप्त डिज्नी पात्रलाई प्रयोग गरेर भिडियो उत्पादन गर्न थाल्नेछन् ।

“ओपनएआईसँगको यो सहकार्य मार्फत हामी सिर्जनाकर्ता र उनीहरूका कामको सम्मान र संरक्षण गर्दै जेनेरेटिभ एआईमार्फत हाम्रो कथावाचनको पहुँचलाई विचारशील र जिम्मेवारीपूर्वक विस्तार गर्नेछौं,’ डिज्नीका सीईओ बब इगरले भने ।

जेनेरेटिभ एआईको विस्तारित प्रयोगको निगरानी गरिरहेका हलिउडका पेशागत संस्थाहरूले सम्झौताप्रति सावधानीपूर्वक प्रतिक्रिया जनाएका छन् ।

सीईओ इगर र ओपनएआईका साम अल्टम्यानले डिज्नीका पात्र र कथासँग मिलाएर जेनेरेटिभ एआईको सम्भावना प्रदर्शन गर्ने तरिकाहरूबारे वर्षौंदेखि छलफल गरेका थिए ।

ओपनएआईसँगको सम्झौताको एक भागको रूपमा, प्रयोगकर्ताद्वारा चयन गरिएका भिडियोलाई डिज्नी प्लसमा स्ट्रिमिङको लागि उपलब्ध गराइनेछ, जसले स्ट्रिमिङ प्लेटफर्मलाई छोटो भिडियो सामग्रीको लागि अझै बलियो तुल्याउनेछ ।

हलिउडको क्रिएटिभ आर्टिस्ट एजेन्सीले सोरा मार्फत कलाकारलाई जोखिममा पार्ने प्रयास भैरहेको र यस्तोमा व्यवसायिक रचनात्मक कलाकारलाई उनीहरूको कामको लागि क्षतिपूर्ति दिइनेछ कि छैन भनेर प्रश्न गरेको महिनौं पछि यो साझेदारी निर्माण भएको हो ।

एनिमेसन गिल्डका अध्यक्ष ड्यानी लिनले कलाकारको लागि क्षतिपूर्तिको कुरा चिन्ताको विषय भएको बताए । राइटर्स गिल्ड अफ अमेरिकाले आफ्ना सदस्यको श्रमको कति भाग प्रयोगकर्ता–उत्पन्न भिडियोहरूमा प्रयोग गरिन्छ भनेर थाहा पाउन डिज्नीसँग भेट्ने बताएको छ ।

कलाकार र अन्य मनोरञ्जनकर्मीको प्रतिनिधित्व गर्ने साग- आफट्राले डिज्नी र ओपनएआईको यो सम्झौताले प्रविधिको नैतिक र जिम्मेवार प्रयोग सुनिश्चित गर्ने आश्वासन दिन युनियनलाई सम्पर्क गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्रपति हुनुभन्दा अघि रियल इस्टेट डेभलपर समेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा जारी आफ्ना नयाँ निर्माण आयोजनाहरू उत्सुकताका साथ देखाएका छन्। सन् २०२६ को मे महिनामा बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा सीले ट्रम्पको आतिथ्यता गरेका थिए । जसको विशालतासँग ट्रम्पले ह्वाइट हाउसमा बन्दै गरेको नयाँ बलरुमको ...
। बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक होर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् । बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त आह्वान गरे। ...
। कजाकिस्तानको कास्पियन सागरको तटीय क्षेत्रमा नौसैनिक अभ्यासका क्रममा भएको दुर्घटनामा १४ सैनिकको मृत्यु भएको छ। कजाख रक्षा मन्त्रालयले शुक्रबार थप दुई शव फेला पारेपछि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जनाएको छ। पश्चिमी मङ्गिस्टाउ क्षेत्रमा बिहीबार लडाइँ प्रशिक्षण अभ्यास भइरहेका बेला मौसम अचानक बिग्रिएपछि १७ जना सैनिक समुद्रमा खसेका थिए। तीमध्ये तीन जनालाई उद्धार गरिएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गरेका छन्। रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति तथा व्यापारिक नेताहरू सहभागी थिए । रात्रिभोजमा ट्रम्पले अमेरिका र चीन फरक राजनीतिक प्रणालीका भए पनि दुई देशका जनताबीचको सम्बन्ध कायम रहेको बताउँदै आगामी पुस्ताका लागि समृद्धि र सुरक्षालाई ...
। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्न र ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकालाई आग्रह गरेका छन् । उनले चीन–अमेरिकाबीच कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिएका छन्। ह्वाइट हाउसमा भएको वार्तामा सीले दुई देशले सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न तथा मतभेद ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम