मुख्य समाचार
वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने
वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने

। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ ।

यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ ।
बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सलाई अँगाल्ने एउटा महत्वपूर्ण कदम हो । रचनात्मक रोजगारी र बौद्धिक सम्पत्ति अधिकारमा एआईले पार्न सक्ने सम्भावनाबारे चिन्ता व्यक्त भइरहँदा दुई ठूला कम्पनीबीच यस्तो सम्झौता भएको हो ।

सम्झौताको एक भागको रूपमा, सोरा र च्याटजीपीटी इमेजेजले सन् २०२६ को सुरुदेखि नै मिकी माउस, सिन्ड्रेला र मुफासा जस्ता इजाजतपत्र प्राप्त डिज्नी पात्रलाई प्रयोग गरेर भिडियो उत्पादन गर्न थाल्नेछन् ।

“ओपनएआईसँगको यो सहकार्य मार्फत हामी सिर्जनाकर्ता र उनीहरूका कामको सम्मान र संरक्षण गर्दै जेनेरेटिभ एआईमार्फत हाम्रो कथावाचनको पहुँचलाई विचारशील र जिम्मेवारीपूर्वक विस्तार गर्नेछौं,’ डिज्नीका सीईओ बब इगरले भने ।

जेनेरेटिभ एआईको विस्तारित प्रयोगको निगरानी गरिरहेका हलिउडका पेशागत संस्थाहरूले सम्झौताप्रति सावधानीपूर्वक प्रतिक्रिया जनाएका छन् ।

सीईओ इगर र ओपनएआईका साम अल्टम्यानले डिज्नीका पात्र र कथासँग मिलाएर जेनेरेटिभ एआईको सम्भावना प्रदर्शन गर्ने तरिकाहरूबारे वर्षौंदेखि छलफल गरेका थिए ।

ओपनएआईसँगको सम्झौताको एक भागको रूपमा, प्रयोगकर्ताद्वारा चयन गरिएका भिडियोलाई डिज्नी प्लसमा स्ट्रिमिङको लागि उपलब्ध गराइनेछ, जसले स्ट्रिमिङ प्लेटफर्मलाई छोटो भिडियो सामग्रीको लागि अझै बलियो तुल्याउनेछ ।

हलिउडको क्रिएटिभ आर्टिस्ट एजेन्सीले सोरा मार्फत कलाकारलाई जोखिममा पार्ने प्रयास भैरहेको र यस्तोमा व्यवसायिक रचनात्मक कलाकारलाई उनीहरूको कामको लागि क्षतिपूर्ति दिइनेछ कि छैन भनेर प्रश्न गरेको महिनौं पछि यो साझेदारी निर्माण भएको हो ।

एनिमेसन गिल्डका अध्यक्ष ड्यानी लिनले कलाकारको लागि क्षतिपूर्तिको कुरा चिन्ताको विषय भएको बताए । राइटर्स गिल्ड अफ अमेरिकाले आफ्ना सदस्यको श्रमको कति भाग प्रयोगकर्ता–उत्पन्न भिडियोहरूमा प्रयोग गरिन्छ भनेर थाहा पाउन डिज्नीसँग भेट्ने बताएको छ ।

कलाकार र अन्य मनोरञ्जनकर्मीको प्रतिनिधित्व गर्ने साग- आफट्राले डिज्नी र ओपनएआईको यो सम्झौताले प्रविधिको नैतिक र जिम्मेवार प्रयोग सुनिश्चित गर्ने आश्वासन दिन युनियनलाई सम्पर्क गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, ...
। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको ...
: कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक ...
। अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक नयाँ योजना सुरू गरेका छन् । ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्,' यो कार्ड खरिदकर्ताहरूलाईज्ञ सबै योग्य र प्रमाणित व्यक्तिहरूकोलागि नागरिकताका लागि बाटो खुलेको छ। हाम्रा महान् अमेरिकी कम्पनीहरूले अब आफ्नो अमूल्य प्रतिभालाई कायम राख्न सक्नेछन्।' ट्रम्पले 'गोल्ड कार्ड' नामक यो योजना यसवर्षको सुरूमा घोषणा गरेका थिए। जसअन्तर्गत कम्तीमा १० ...