मुख्य समाचार
ओलीले भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौर महाधिवेशनको उद्घाटन गर्दै
ओलीले भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौर महाधिवेशनको उद्घाटन गर्दै

: नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौर महाधिवेशनको उद्घाटन गर्दैछन्।




उदघाटन समारोहस्थलमा नेता-कार्यकर्ताहरू बिहानै पुगेका छन्। उदघाटन समारोहस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली समेत परिचालन भएको छ।


महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउने नेता-कार्यकर्ताहरुका लागि सवारी साधनको पार्किङ गठ्ठाघर र जगातीमा गर्ने व्यवस्था मिलाएको छ।




काठमाडौंतर्फबाट जानेलाई गठ्ठाघरमा र पूर्वी नाका हुँदै आउनेहरुलाई जगाती क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको हो। जगाती क्षेत्रका इँटाभट्टा, प्लटिङ लगायतका स्थलमा पार्किङको व्यवस्था मिलाइएको छ।

उदघाटन समारोहमा सहभागीहरु जुलुससहित सल्लाघारीसम्म पुग्ने व्यवस्था मिलाइएको छ। यो महाधिवेशनलाई एमालेले लोकतान्त्रिक पार्टीको शक्ति प्रदर्शनको रुपमा अर्थ्याएको छ। एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म मुल सडकको दायाँ–बायाँ रहेका सर्भिस लेन प्रयोग गरी अघि बढाउने तयारी गरिएको बताए।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए। उद्घाटन समारोहमा नेपालको एकताको प्रतिकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ।

महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ। पार्टीको ११ औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ। बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेषले २४ भदौ २०८१ मा मुद्दामा फैसला गर्दै तीन पूर्वसचिवसहित ११ जनालाई सफाइ दिएको थियो भने सातलाई आंशिक दोषी ठहर गरेको थियो । अनुसन्धानबाट खुलेका तथ्य र प्रमाण तथा अदालतबाट प्रतिपादित नजिर एवं सिद्धान्तलाई अनदेखा गरी विशेषले ...
: नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी र मुलुकलाई अघि बढाउन केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य भएको बताएका छन्। सोमबार भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीको टिमबाट सचिवका उम्मेदवार बस्नेतले कम्युनिस्ट आन्दोलन हाँक्न सक्ने, पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सक्ने नेताहरूको टिम ओलीले बनाएको समेत बताए। बस्नेतले ईश्वर पोखरेलले ...
चोरी आरोपमा हिरासतमा रहेका युवक मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका पुरुष मृत अवस्थामा फेला परेका हुन्। सोमबार राति ३ बजे प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार, रोशी गाउँपालिका वडा नं १२ ...
: नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई चितवनस्थित बसोबासस्थलबाट बिदाइ गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुबै हात्तीलाई सोमबार बिदाइ गरेको हो। आगामी पुस २ गते भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्ने जनाएको छ। हात्तीलाई आवश्यक पर्ने ...
‘दिसोम सोहराई’ चाडको यकिन मितिको खोजीमा सन्थाल समुदायका अगुवा झारखण्ड प्रस्थान