मुख्य समाचार
हतियारसहित चितवन निकुञ्ज छिरेका रामशरण पक्राउ
हतियारसहित चितवन निकुञ्ज छिरेका रामशरण पक्राउ

— दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मार्ने मुद्दामा फरार रहेका हेटौंडा उपमहानगरपालिका–३ लेवटका राकेश लामगादे भनेर चिनिने रामशरण विक पक्राउ परेका छन् ।



चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्जमा सुरक्षाका लागि तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले बिहीबार विकलाई चितवन खैरहनी नगरपालिका–६ पुरानो पर्साबजार ईलाकाबाट नियन्त्रणमा लिएको हो ।

‘उनलाई नियन्त्रणमा लिएर अदालतमा पेश पनि गरिसकेका छौं,’ चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले भने । उनी पटक पटक गैंडा मुद्दामा पक्राउ परेर सजाय पनि पाएका व्यक्ति रहेको सूचना अधिकारी थापा मगरले बताए । पछिल्लो पटक विक हतियारसहित चितवन निकुञ्ज प्रवेश गरेका थिए ।

निकुञ्ज कार्यालय स्रोतका अनुसार गएको असरा २९ गते निकुञ्जको पूर्वी क्षेत्रमा दुईजना व्यक्ति हतियारसहित निकुञ्ज छिरेको दृश्य निकुञ्ज क्षेत्रमा राखेको विशेष क्यामेरामा कैद भएको थियो । त्यसमध्येका एकजना पहिल्यै समातिएका थिए । उनीसँगै गएका विक फरार थिए । प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो (सिआईबी)समेतको सहयोगमा निकुञ्जले विकलाई समाएको हो ।

विकसमेतलाई प्रतिवादी बनाएर चितवन अदालतमा गैंडा मार्ने उद्योग (प्रयास गरेको)मा मुद्दा दायर भइसकेको छ । विकलाई यसअघि चितवन निकुञ्जले गैंडा मुद्दामा २०६७ सालमा १५ वर्ष कैद हुने फैसला गरेको थियो । सर्वोच्च अदालतले त्यसलाई १० वर्षमा घटाएको थियो । कैद भुक्तान गरी छुटेका बिक फेरि गैंडा मार्न परिचालित भएको निकुञ्जको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुनु केही दिनअघि जनकपुर बोल्ट्सका एक जना खेलाडीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘रुबी ठाकुर’ नामको आईडीबाट फोन नम्बर माग्दै म्यासेज आयो । ‘नम्बर अथवा तिमी खाली भएका बेला हामी भेट्न सक्छौं ? हामी दुवै जनालाई फाइदा हुने कुरा छलफल गरौं,’ म्यासेजमा भनिएको थियो । खेलाडीले कस्तोखाले स्पोन्सर हो भन्ने सोच्दै ...
— नेपाली राजपरिवारले बेलायतमा कम्पनी खोल्न लागेको भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनोज कुमार भनिने अनुपकुमार सिंह छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भागेर भारततर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए । उनले आफूलाई हिमानी ट्रस्टको कर्मचारी समेत बताएर ठगी गर्ने गरेको खुलेको छ ...
— पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारका क्रममा पूरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । दुर्घटनामा घटनास्थलमै मृत्यु हुनेहरु निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, नवलपुर ...
— रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकाले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताए । सुर्खेतमा कर्णाली प्रदेशस्तरीय राजनीति प्रशिक्षण कार्यक्रममा अर्यालले अहिलेको सरकार यस विषयमा मौन रहेको बताएका हुन् । 'हामीले मानेको जनताको सरकार, नागरिकको सरकार किन मौन छ,' उनले भने, 'तत्कालीन सरकारले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साधेर कारागार ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...