मुख्य समाचार
वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित कारोबारमा संलग्न चार जनालाई पक्राउ
वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित कारोबारमा संलग्न चार जनालाई पक्राउ

: वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरीले लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ७६ हजार १७० पिससहित चार जनालाई वीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढवाका २० वर्षीय युवराज पटेल, त्यही ठाउँका २१ वर्षीय अफजल देवान, धादिङकाे बेनिघाट रोराङ गाउँपालिका–६ का १९ वर्षीय रामहरि मगर र धादिङकै सिदलेख गाउँपालिका–७ का १९ वर्षीय राजकुमार मगराती रहेका छन्।


लागूऔषधसहित पक्राउ गरिएका चारै जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक सुदीपराज पाठकले सार्वजनिक गरेका हुन्।

प्रहरी उपरीक्षक पाठकका अनुसार मंसिर २३ गते प्रहरीले वीरगन्ज–१५ प्रतिमा चोकस्थित टिकट काउन्टर अगाडि रोकिएको बाग्मती प्रदेश ०८–००१ ज ०११७ नम्बरको इभी माइक्रोबसमा खानतलासी गर्दा गाडीभित्र रहेका मगर र मगरातीको साथमा रहेको सुटकेशभित्र लुकाएर राखिएको ६० हजार ५३० पिस ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद गरिएको हो। त्यसपछि उनीहरूले दिएको बयानका आधारमा लागूऔषधको कारोबारमा संलग्न पटेल र देवानलाई पनि थप लागूऔषधसहित पक्राउ गरेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए। पटेल र देवानको डेराबाट थप १५ हजार ६४० पिस ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका गिरोहले भारतको कोलकत्ताबाट उक्त लागू औषध रक्सौल–वीरगन्ज नाका हुँदै चोरी छिपी वीरगन्ज भित्र्याएर वीरगन्जबाट काठमाडौं लगायतका सहरमा आपूर्ति गर्दै आएको खुलेको छ। यो गिरोहमा संलग्न अरू तीन जनाको पनि पहिचान खुलिसकेको भन्दै प्रहरी उपरीक्षक पाठकले उनीहरूको पनि खोजीकार्य भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुनु केही दिनअघि जनकपुर बोल्ट्सका एक जना खेलाडीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘रुबी ठाकुर’ नामको आईडीबाट फोन नम्बर माग्दै म्यासेज आयो । ‘नम्बर अथवा तिमी खाली भएका बेला हामी भेट्न सक्छौं ? हामी दुवै जनालाई फाइदा हुने कुरा छलफल गरौं,’ म्यासेजमा भनिएको थियो । खेलाडीले कस्तोखाले स्पोन्सर हो भन्ने सोच्दै ...
— नेपाली राजपरिवारले बेलायतमा कम्पनी खोल्न लागेको भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनोज कुमार भनिने अनुपकुमार सिंह छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भागेर भारततर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए । उनले आफूलाई हिमानी ट्रस्टको कर्मचारी समेत बताएर ठगी गर्ने गरेको खुलेको छ ...
— पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारका क्रममा पूरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । दुर्घटनामा घटनास्थलमै मृत्यु हुनेहरु निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, नवलपुर ...
— रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकाले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताए । सुर्खेतमा कर्णाली प्रदेशस्तरीय राजनीति प्रशिक्षण कार्यक्रममा अर्यालले अहिलेको सरकार यस विषयमा मौन रहेको बताएका हुन् । 'हामीले मानेको जनताको सरकार, नागरिकको सरकार किन मौन छ,' उनले भने, 'तत्कालीन सरकारले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साधेर कारागार ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...