मुख्य समाचार
एमाले पदाधिकारीमा कम्तीमा ३३ प्रतिशत र अन्य कमिटीमा ४० प्रतिशत महिला सहभागिता हुनुपर्ने
एमाले पदाधिकारीमा कम्तीमा ३३ प्रतिशत र अन्य कमिटीमा ४० प्रतिशत महिला सहभागिता हुनुपर्ने

— गत वर्ष एमाले केन्द्रीय कार्यालय दानबाट बनाउने निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि कारबाही भोगेकी स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले पार्टीको महाधिवेशनमा उपमहासचिवमा उम्मेदवारी दिने तयारी गरेकी छन् ।

एमाले पदाधिकारीमा कम्तीमा ३३ प्रतिशत र अन्य कमिटीमा ४० प्रतिशत महिला सहभागिता हुनुपर्ने उनको जोड छ । उनै बिन्दा पाण्डेसँग कान्तिपुरका गंगा बीसीले महाधिवेशन केन्द्रित गरेको कुराकानी :

एमालेको महाधिवेशनमा नेतृत्वका लागि हुने प्रतिस्पर्धामा तपाईँको तयारी कस्तो छ ?

मैले प्रतिनिधि साथीहरूसँग छलफल गर्दैछु । भेट्दै छु । सबैको सुझाव पदाधिकारीमा मनोनयन गर्नुपर्छ भन्ने छ । साथीहरूसँग मैले पनि भन्या छु, म सचिवमा उम्मेदवारी दिन्नँ । त्योभन्दा अर्कै कुनै पदमा उम्मेदवारी दिनुस् भन्ने सुझाव छ । मैले ठ्याक्कै अन्तिम निर्णयचाहिँ गरेको छैन ।

तपाईँले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उम्मेदवारी दिन लागेको हो ?


ईश्वर पोखरेलको पक्षमा लागेको भनेर मिडियाले लेखिराखेको हो । यो पक्ष र त्यो पक्षभन्दा पनि सबै नेकपा एमाले पक्ष हो । अहिलेसम्म हामीले बुझेको भनेको दुई जना अध्यक्षमा उम्मेदवार हुनुहुन्छ । अरु पदहरूमा कतिजना इच्छुक हुनुहुन्छ । त्यो हिसाब उम्मेदवारी दिएपछि थाहा होला । तर मेरो आग्रह इच्छुक प्रतिनिधिहरूलाई मनोनयन गर्न दिऔँ ।

तर ‘तपाईंहरूले प्यानल घोषणा गर्ने गरेर नेता कार्यकर्ताहरुलाई चिरा पार्ने काम नगर्नुस्’ भन्ने मेरो आग्रह हो । कसले कुन पदमा उम्मेदवारी दिने भन्ने कुरा सल्लाह हुन सक्ला । तर प्रतिनिधिहरूमा चिरा पार्ने हिसाबले ‘यो फलानो, त्यो फलानो प्यानल’ भन्ने कुरा पार्टीको हितको पक्षमा हुँदैन भन्ने मेरो अहिले पनि बुझाइ हो ।


उसो भए तपाईँ स्वतन्त्र ढंगले उम्मेदवारी दिने तयारी गर्नुभएको हो ?

व्यक्तिगत हिसाबबाट प्रतिस्पर्धा हुन्छ तर अब विचारका हिसाबले अहिले भइराखेको कुरा नै ठीक छ भन्ने सोच राख्ने साथीहरुले पनि दिनुहोला । यसलाई सामूहिकतामा लानुपर्छ । सहकार्यमा लैजानुपर्छ । विधिले पार्टी चलाउनु पर्छ भन्ने खालको पक्षको साथीहरूले पनि अब सबै पदमा नै उम्मेदवारी हुन सक्छ ।

तर त्यसलाई ‘प्यानलाइज’ नगर्दिनु भयो भने प्रतिनिधिहरूलाई पनि सजिलो हुन्छ । भोलि जसले जित्छ, जित्नेहरूलाई पनि काम गर्न सजिलो हुन्छ । जो पराजित हुनुहुन्छ । पराजित हुनेहरूलाई समेटेर लैजान सजिलो हुन्छ भन्ने लाग्छ । पार्टीको हितमा जाने हो भने अब उम्मेदवारी दिन कसैलाई नरोकौँ । तर ‘प्यानलाइज’ नगरौँ भन्ने मेरो दुवै पक्षलाई आग्रह हो ।

पदाधिकारी र केन्द्रीय कमिटीमा धेरै महिला प्रतिनिधित्वका लागि के तयारी गरिरहनु भएको छ ?

सबभन्दा पहिला त महिला क्यान्डिडेटहरू मनोनयन दिन तयार हुनुपर्‍यो । हाम्रो महिला संघले महाधिवेशनमा नआउँदासम्म ठूल्ठूला स्वरले यतिउति हुनुपर्छ भनेर भनिराख्या हुन्छ । अहिले महाधिवेशन ठ्याक्क आएको बेलामा ‘तपाईंहरूले औपचारिक निर्णय गर्नु भएको हो भने त्यो निर्णय नेतृत्वको पक्षमा पनि जानुपर्‍यो’ र भोलि नेतृत्वले जेसुकै भने पनि आफ्नो निर्णयअनुसार त्यति दाबी गरेर उम्मेदवारी दिनुपर्‍यो । त्यसको तयारी त अहिले हुनुपर्‍यो । महिला संघले के गर्दैछ छ ? थाहा छैन ।

मूल कुरो हाम्रो महिला आन्दोलनको नेतृत्व गर्ने जो संस्था छ, त्यो रणनीतिक हिसाबबाट कम्तीमा पनि उम्मेदवारी दिनु पर्‍यो । आठौं महाधिवेशनमा हामीले एक तिहाइको प्रस्ताव पारित गरेका थियौँ । निर्वाचनमा धेरै साथीहरूले महिला कोटामा मात्रै मनोनयन गर्नुभयो ।

खुला कोटामा एकजनाले पनि उम्मेदवारी दिनुभएन । त्यसबेला हाम्रा पुरुष कमरेडहरूले भन्नु भएको थियो, ‘तपाईंहरू उम्मेदवारी नदिने, एक तिहाइको माग गर्ने ? यस्तो पनि हुन्छ । यसले अहिले पनि हाम्रो महिला आन्दोलनको हिसाबबाटै औपचारिक निर्णय गर्दा पदाधिकारीमा कम्तीमा एक तिहाई त्यसपछि अन्य सदस्यमा कम्तीमा ४० प्रतिशत महिला हुनुपर्छ भनेर निर्णय गरेको अलि पहिलै नै हो । यो कुरो त ठ्याक्कै लागू गर्ने बेला त अहिले हो ।

अब नेतृत्व चयनका लागि स्वस्थ प्रतिस्पर्धा होला त ?

त्यो त महाधिवेशननमा गएपछि थाहा हुन्छ । यसमा अस्वस्थ प्रतिस्पर्धा हुनुपर्ने मैले केही पनि देख्दिनँ । तर अहिलेसम्म आएका अभिव्यक्तिहरू अस्वस्थ प्रतिस्पर्धा हुने देखेको छैन । यही हिसाबबाट यो पार्टीको आन्तरिक प्रतिस्पर्धा हो । आमी जनताको बहुदलीय जनवादलाई शीरमा राखेर हिँड्नेहरूको पहल कदमीबाट प्रतिस्पर्धा श्रेष्ठताको आधारमा नेतृत्व निर्माण गर्नुपर्छ । यसमा कसैले पनि कसैलाई अस्वस्थ खालको अभिव्यक्ति र अस्वस्थ खालको व्यवहार गर्नु जरुरी छैन ।

अबको नेतृत्वमा कति प्रतिशत महिला सहभागिता हुनुपर्छ ?

सबै निर्णायक तहदेखि अरु तहमा कम्तीमा एक तिहाइ महिला सहभागिता हुनुपर्छ भनेर हाम्रो राजनीतिक दलसम्बन्धी ऐनमा उल्लेख छ । हामीले महाधिवेशनदेखि एक तिहाइ सदस्य सबै तहमा राख्ने गर्‍यौँ । तर अन्तिमको निर्णायक संयन्त्रमा त्यो प्रतिबिम्बित भएको छैन ।

पार्टीभित्रका संयन्त्रहरू पदाधिकारी, सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी एक तिहाइभन्दा नघट्ने गरी हामी जान सक्यौँ भने त्यसलाई अलि प्रगतिशील मान्न सकिन्छ । उपस्थितिको संख्या मात्रै पुर्‍याउने कुराबाट अघि बढ्न सकेनौँ भने नेकपा एमाले महिला सहभागितामा अरुभन्दा फरक हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुनु केही दिनअघि जनकपुर बोल्ट्सका एक जना खेलाडीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘रुबी ठाकुर’ नामको आईडीबाट फोन नम्बर माग्दै म्यासेज आयो । ‘नम्बर अथवा तिमी खाली भएका बेला हामी भेट्न सक्छौं ? हामी दुवै जनालाई फाइदा हुने कुरा छलफल गरौं,’ म्यासेजमा भनिएको थियो । खेलाडीले कस्तोखाले स्पोन्सर हो भन्ने सोच्दै ...
— नेपाली राजपरिवारले बेलायतमा कम्पनी खोल्न लागेको भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनोज कुमार भनिने अनुपकुमार सिंह छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भागेर भारततर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए । उनले आफूलाई हिमानी ट्रस्टको कर्मचारी समेत बताएर ठगी गर्ने गरेको खुलेको छ ...
— पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारका क्रममा पूरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । दुर्घटनामा घटनास्थलमै मृत्यु हुनेहरु निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, नवलपुर ...
— रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकाले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताए । सुर्खेतमा कर्णाली प्रदेशस्तरीय राजनीति प्रशिक्षण कार्यक्रममा अर्यालले अहिलेको सरकार यस विषयमा मौन रहेको बताएका हुन् । 'हामीले मानेको जनताको सरकार, नागरिकको सरकार किन मौन छ,' उनले भने, 'तत्कालीन सरकारले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साधेर कारागार ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...