मुख्य समाचार
मुलुकमा कम्युनिस्ट शक्तिहरुको एकताको विकल्प नरहेको
मुलुकमा कम्युनिस्ट शक्तिहरुको एकताको विकल्प नरहेको

— नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले मुलुकमा कम्युनिस्ट शक्तिहरुको एकताको विकल्प नरहेको बताएका छन् ।


शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मुलुकलाई संकटबाट निकास दिन पनि नेपालका सबै कम्युनिस्ट शक्तिबीचको एकता अनिवार्य सर्त बनेको जिकिर गरेका हुन् ।

नेता गुरुङले मुलुकको राष्ट्रियता सबैभन्दा बढी संकटमा पुगेको औंल्याउँदै त्यसबाट मुलुकलाई पार लगाउन कम्युनिस्टहरुबीचको बृहत्तर एकता र लोकतान्त्रिक देशभक्त शक्तिहरुबीचको सहकार्यका साथ अघि बढ्नुपर्ने अवस्था आएको बताए ।

‘फेरि पनि कम्युनिस्टहरुको एकीकरणको विकल्प छैन । वामपन्थीहरुको एकताको विकल्प छैन । कम्युनिस्टहरुको एकता, वामपन्थीहरुको एकताको साथै सबै लोकतान्त्रिक, देशभक्त राष्ट्रवादी शक्तिहरुसँग सहकार्य गर्दै लोकतन्त्रको रक्षा, मुलुकको राष्ट्रियताको रक्षा र आर्थिक सामाजिक रुपान्तरणको विकल्प छैन । त्यसकारण सबै शक्तिहरुको बीचका सहकार्यको निम्ति कम्युनिस्टहरुको एकीकरण अनिवार्य सर्त हो,' उनले भने ।

उनले नेपाली कम्युनिस्ट पार्टीले समाजवादको आधार निर्माणका लागि सबै कम्युनिस्ट शक्तिहरुसँग एकताको अभियान सञ्चालन गरेको र एमाले महाधिवेशनले पनि सोही प्रस्तावलाई पारित गरेर अघि बढ्ने विश्वाससमेत व्यक्त गरे । उनले भने, 'यही सन्दर्भमा यहाँहरुको महाधिवेशनबाट पनि भावी कम्युनिस्ट पार्टीको एकीकरणका लागि महत्त्वपूर्ण निर्णय लिन सफल हुनेछ भन्ने विश्वास लिएको छु ।’

नेता गुरुङले माक्र्सवाद लेनिनवादको मार्गनिर्देशनको आधारमा नेपालका कम्युनिष्ट पार्टीहरुबीचका एकीकरण गरेर अघि बढ्न सकिने धारणासमेत राखे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...