मुख्य समाचार
युवाको धम्कीपछि कांग्रेस अर्घाखाँचीमा उम्मेदवार सिफारिस अलपत्र
युवाको धम्कीपछि कांग्रेस अर्घाखाँचीमा उम्मेदवार सिफारिस अलपत्र

— २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिसको विषयमा अर्घाखाँचीमा विवाद भएको छ । नाम पठाउन सन्धिखर्कमा बिहीबार र शुक्रबार कांग्रेस जिल्ला कार्यसमितिको बैठक बसेको हो ।



प्रत्यक्ष, समानुपातिक र ०८२ माघ २१ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि एक–एक जना मात्रै उम्मेदवारको नाम सिफारिस नगरे जिल्ला कार्यसमितिविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने युवा समूहको चेतावनीपछि शुक्रबारको बैठकले नाम तय गर्न नसकेको हो । त्यसपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रत्यक्षका लागि पूर्वमन्त्री रेवतीप्रसाद भुसाल, लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णु मुस्कान, डा. रामबहादुर बीसी, डा. मुक्तिराम श्रेष्ठ, डा. जयबहादुर टण्डन, पूर्वसभापति कमलप्रसाद भुसाल, जिल्ला सभापति केशव श्रेष्ठ, लेखनाथ पोखरेल, उपसभापति बाबुराम पौडेल आकांक्षी छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपसभामुख पुष्पा भुसाल गौतमले प्रत्यक्ष चुनावबाट पछि हटेर समानुपातिक रोजेकी छिन् । पाँच दलीय गठबन्धनको साथ पाउँदा पनि ०७९ मा उनी एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी थिइन् । दलितबाट ललिता सुनार, निर्मला क्षेत्री लगायत उम्मेदवार आकांक्षी देखिएका छन् । राष्ट्रियसभामा कांग्रेस प्रदेश सदस्य शान्ता भण्डारी, रामबहादुर बीसी लगायत आकांक्षी छन् । आकांक्षीहरूले युवादेखि जिल्लाका नेताहरूलाई मनाइरहे पनि सहमति हुन सकेन ।

तरुण दलका जिल्ला अध्यक्ष एवं सन्धिखर्क नगरपालिका–१२ का वडाध्यक्ष नारायण खड्का, प्रदेशसभा (२) कांग्रेस उपसभापति अर्जुन पोखरेलसहित विभिन्न भ्रातृ संगठनका २२ जना कांग्रेस युथ समूहले हस्ताक्षर गरेर जिल्ला कार्यसमितिलाई ध्यानाकर्षण पत्र पठाएर दुई दिन पार्टी कार्यालय घेरेर बसेका थिए ।

०५१ सालदेखि हालसम्म उम्मेदवार भएका व्यक्तिलाई फेरि सिफारिस नगरी बिदाइ गर्नुपर्ने, प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभामा एकल नाम सिफारिस गर्नुपर्ने, अहिले सिफारिसमा परेका उम्मेदवारहरू आसन्न पार्टीको अधिवेशन तथा अन्य निर्वाचनको कुनै पनि पदमा उठ्न नपाइने भन्दै बैठकमा पत्र पठाएको अर्जुनले बताए । ‘म युवाको प्रतिनिधित्व गर्दै बोलेको छु,’ कांग्रेस बैठकमा उनले भने, ‘पुराना नेतालाई बिदाइ गर्ने र नयाँ अनुहार पठाउनुपर्छ । यदि युवाका मागलाई सम्बोधन नगरे हामी विरोधमा उत्रिन्छौं ।’

बिहीवारको बैठकमा जिल्ला सभापति केशव श्रेष्ठलाई प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा एकल नाम पठाउन दबाब दिएका थिए । तर, शुक्रवारको बैठकमा अरुलाई बाइपास गरेर चुनाव जित्न नसकिने भन्दै श्रेष्ठको नाममा सर्वसम्मत हुन सकेन । आफू एकल उम्मेदवार सिफारिस हुन नचाहेको, अरुलाई पनि नगर्ने र सबै नेतालाई सबै ठाउँमा मिलाएर लैजानुपर्ने श्रेष्ठको तर्क छ । उनले मिलाएर लैजानका लागि आफू छलफलमै रहेको पनि बताए ।


‘युवाको मागलाई सम्बोधन गर्दै अग्रज नेतालाई पनि सम्मान गर्दै फेरि बैठक बसेर उम्मेदवारको नाम सिफारिस गर्छौ,’ कांग्रेस जिल्ला सचिव कृष्णप्रसाद खनालले भने, ‘पहिलो नम्बरमा महामन्त्री गगन थापाको नाम सिफारिस गर्छौं । त्यसपछि अरु पठाउने हो, सबैलाई मिलाएर लैजान कोसिस गर्छौं ।’

आकांक्षी धेरै र युवाहरूको विरोधका कारण दुई दिनसम्मको बैठकले उम्मेदवार चयन गर्न नसकेको उनले बताए । केन्द्रले प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा दुई जना पुरुष र एक महिलाको नाम सिफारिस गर्न भनेको छ । ‘प्रजातान्त्रिक पद्धतिअनुसार तीन जनाको नाम सिफारिस गर्न केन्द्रले माग गरेको हो,’ उपसभापति बाबुराम पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...