मुख्य समाचार
पोखरेलले नेपालमा जनताबाट निर्वाचित संविधानसभाले जारी गरेको संविधान घाइते पारिएको बताए
पोखरेलले नेपालमा जनताबाट निर्वाचित संविधानसभाले जारी गरेको संविधान घाइते पारिएको बताए

— एमालेका महासचिव शंकर पोखरेलले नेपालमा जनताबाट निर्वाचित संविधानसभाले जारी गरेको संविधान घाइते पारिएको बताएका छन् । उनले लोकतन्त्र कमजोर पारिएको अवस्थामा मुलुकलाई पुर्‍याइएको पनि बताए ।



भक्तपुरमा आयोजित एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विभिन्न गतिविधि गरेर नेपालको संविधान घाइते पारिएको बताए ।

'हामी यस्तो चुनौतीको क्षणमा पार्टीको ११ औँ महाधिवेशन आयोजना गरिरहेका छौं, देशमा जनताले लामो संघर्षबाट प्राप्त गरेको संविधानसभाबाट निर्माण भएको संविधान घायल भएको छ । जनताले दशकौं लामो संघर्षबाट प्राप्त लोकतन्त्र कमजोर बनाइएको छ,' पोखरेलले भने, 'नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधिसभा विघटन गरिएको छ र मुलुकमा अनिश्चयता, भय र त्रासको वातावरणमा मुलुकलाई पछाडि प्रतिगमनतर्फ धकेल्ने दुष्प्रयत्न भएको बेलामा महाधिवेशन आयोजना गरिरहेका छौं ।'

भदौ २३ र २४ को घटनापछि एमाले र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सुनियोजित रुपमा प्रहार भइरहेको पोखरेलको भनाइ थियो ।

भदौ २३ र २४ को पछाडि एमाले र नेतृत्वविरुद्ध संगठित र सुनियोजित रूपमा प्रहार भइरहेको पोखरेलले बताए । एमाले समाप्त भयो भनेर कतिपयलाई लागिरहेको तर षडयन्त्रले सरकारबाट बाहिरिएको उनको भनाइ थियो ।
'भदौ २३ र २४ को घटना पछाडि हाम्रो मुलुकमा पार्टी अध्यक्ष ओलीका विरुद्धमा प्रचारबाजी गरियो । घटनाको जिम्मेवारका रुपमा अध्यक्ष ओलीलाई चित्रण गर्ने दुष्प्रयत्न गरियो । जुन प्रकारका घटना भए नवयुवाको भावनामा खेलेर राष्ट्रविरोधी, लोकतन्त्र विरोधी, गणतन्त्र विरोधी र नेपालका राजनीतिक दलका विरुद्धमा गतिविधि भएको बुझेकै छौं,' पोखरेलले भने ।

षडयन्त्रको जगमा राष्ट्रलाई विध्वंसमा लैजाने प्रयत्न भएको पोखरेलले बताए । मुलुकलाई लोकतन्त्रका दिशामा अगाडि बढाउने संकल्प पार्टीले महाधिवेशनबाट गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...