मुख्य समाचार
सत्यवती बहुमुखी क्याम्पसमा महायज्ञबाट झण्डै चार करोड रुपैयाँ संकलन
सत्यवती बहुमुखी क्याम्पसमा महायज्ञबाट झण्डै चार करोड रुपैयाँ संकलन

— सत्यवती बहुमुखी क्याम्पसमा महायज्ञबाट झण्डै चार करोड रुपैयाँ संकलन भएको छ । सत्यवती गाउँपालिका-५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसले क्याम्पस सहयोगार्थ ज्ञान महायज्ञ संचालन गरेको थियो ।

गत मंसिर १८ गतेबाट २५ गतेसम्म संचालन भएको 'राष्ट्रकल्याण एवं विश्वशान्ति विराट् धनधान्याचल साङ्ग-श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ-२०८२' बाट केही दानपेटिकाको रकम गणना बाँकी रहेकामा झण्डै चार करोड रुपैयाँ संकलन भएको प्रचारप्रसार समिति संयोजक प्रकाश भट्टराईले बताए ।

महायज्ञमा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज र स्वामी विवेकानन्द सरस्वती महाराजले दार्शनिक प्रवचन दिनुका साथै आचार्य नारायणप्रसाद गैरेले श्रीमद्भागवतीय कथा वाचन गरेका थिए ।

महायज्ञमा सबैभन्दा धेरै रकम सहयोग गर्नेहरूमा सत्यवती गाउँपालिका-५ हँसरा स्थायी ठेगाना भई हाल स्कटल्याण्ड बस्ने काशीराम भण्डारीबाट १० लाख रुपैयाँ र स्व. पदमपाणी ज्ञवालीको स्मृतिमा परिवारबाट १० लाख रुपैयाँ र सत्यवती गाउँपालिका-८ भार्से स्थायी ठेगाना भई हाल बेलायत बस्ने कुलबहादुर बुढाथोकीबाट १० लाख रुपैयाँ सहयोग भएको प्रचारप्रसार समिति संयोजक भट्टराईले जानकारी दिए ।
हँसराकै क्याम्पसका पूर्वअध्यक्ष लक्ष्मण भण्डारीले परिवारका तर्फबाट सात लाख रुपैयाँ, स्व. बाबुराम भण्डारी र स्व. बसुन्धरा भण्डारीको स्मृतिमा सत्यवती-४ लिम्घाबाट परिवारका तर्फबाट पाँच लाख रुपैयाँ, हँसराकै स्व. वामदेव ज्ञवाली, स्व. सुमित्रा ज्ञवालीको स्मृतिमा परिवारका तर्फबाट पाँच लाख रुपैयाँ र सत्यवती-७ स्थायी ठेगाना भई हाल भारतमा बस्ने गोमबहादुर भुसाल क्षत्रीले पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै महायज्ञमा ७ सय ५० मुरी धान र ३० क्विन्टल चामल संकलन भएको छ । महायज्ञमा करोडौं दीप प्रज्वलन भएका थिए ।

१० लाख रुपैयाँभन्दा बढी सहयोग गर्नहरूको कक्ष निर्माण गर्ने योजना क्याम्पसको छ । दुई वाचनकर्ताका नाममा पनि कक्ष निर्माण गर्ने योजना रहेको छ ।

महायज्ञ संचालनमा सहजीकरण गरेका संचार क्षेत्रमा क्रियाशील पत्रकार भुवन भुसालले महायज्ञमा स्वतस्फूर्त सहयोग र पेसा व्यवसाय छाडेर महायज्ञ स्वयंसेवकका रूपमा उत्साहजनक खटिएको पक्ष निकै सकारात्मक रहेको बताए । धर्मबाट एकता झल्किएको, कुनै विभेद नदेखिएको, महायज्ञमा सबै खटिएको, विदेशबाट पनि महायज्ञकै लागि आएको र अध्यात्मले सबैलाई जोडेकामा सबैको मन प्रशन्न भएको उनको जिकिर थियो ।Nearly 40 million rupees collected from Mahayagya at Satyawati Multiple Campus


टपरी, माला, धान र चामल अनगिन्ती सहयोग, धर्ममा कुनै जातका आधारमा विभेद नभएको, जात व्यवस्थामा भएको विभेद गलत भएको स्वयम् प्रवचनकर्ताले भनिरहेको, सामूहिक खानपन र सकारात्मक सोचको विकास भएको उनले बताए । 'चौतर्फी सहयोगले अपेक्षा गरेभन्दा धेरै रकम जुटाउन आयोजक सफल भए,' उनले भने, 'विभक्त भएको समाजलाई एकताको डोरीले बाँधेको, राजनीतिक सुधार र समाज सुधारमा एकस्वर देखिएको एउटा अनुपम उदाहरण महायज्ञमा देखियो।'

क्याम्पसले सूचना तथा संचार प्रविधि र गुणस्तरीय शिक्षाको विकास गर्न, आर्थिक विकास र भौतिक पूर्वाधारलाई सबल बनाउन, आवासीय छात्रावासको व्यवस्था गर्न, आधुनिक पुस्तकालय निर्माण गर्न, विद्यार्थीलाई 'पढ्दै कमाउँदै' कार्यक्रममा जोड्न र नीतिचेतना, आदर्श धर्म र संस्कारमा आधारित समयसापेक्ष संस्कृत शिक्षाको व्यवस्थापनमा पहल गर्न महायज्ञ संचालन गरेको थियो । महायज्ञबाट करिब तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी रकम संकलन गर्न सफल भएको आर्थिक समिति संयोजक पारिश्वर ढकालले बताए ।

संकलित रकम बचत गरेर आएको ब्याजबाट क्याम्पसका क्रियाकलाप अगाडि बढाउने क्याम्पसको प्रारम्भिक तयारी थियो । यद्यपि क्याम्पसले अब थप निर्णय गरेर अगाडि बढ्ने क्याम्पस प्रमुख विकास ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...