मुख्य समाचार
भिडियोमा जेन-जी प्रर्दशनका क्रममा जलेका र आगलागी भएका सरकारी संरचनाहरु देखाउँदै त्यो दिन एमालेले बिर्सन नसक्ने बताइए
भिडियोमा जेन-जी प्रर्दशनका क्रममा जलेका र आगलागी भएका सरकारी संरचनाहरु देखाउँदै त्यो दिन एमालेले बिर्सन नसक्ने बताइए

— भक्तपुरको सल्लाघारीमा सुरु भएको एमालेको ११औं महाधिवेशन उद्घाटनमा अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तलन गरेलगत्तै भिडियो देखाइएको छ ।

उक्त भिडियोमा जेन-जी प्रर्दशनका क्रममा जलेका र आगलागी भएका सरकारी संरचनाहरु देखाउँदै त्यो दिन एमालेले बिर्सन नसक्ने बताइएको छ । भिडियोमा भनिएको छ– कामरेडहरु एकैछिन आँखा चिम्लनुहोस् जलेको हाम्रो न्यायको मन्दिर सम्झिनुहोस्, बलेको हाम्रो संसद् भवन सम्झनुहोस्, खरानी बनाइएको हाम्रो सिंहदरबार । भन्नुहोस् जलाएको सिंहदरबार, बिर्सेका छैनौं ।

भिडियोमा प्रर्दशनका जलेका अन्य संरचनाहरु पनि देखाइएको छ अनि भनिएको छ– न बिर्सन्छौँ, हातमा आगो बोक्नेहरु, न बिर्सन्छौं प्रहरीका बन्दुक खोस्नेहरु न बिर्सन्छौँ भागेका कैदीहरु ।

देशको लागि जाग्नुपर्ने भन्दै उक्त भिडियोमा ढलेको आस्था उठाउन लाग्नुपर्ने, संसद् पुनर्स्थापनाका लागि लाग्नुपर्ने र च्यातिएको संविधान मर्मत गर्न जाग्नुपर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...