मुख्य समाचार
जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी ताप्लेजुङमा पक्राउ
जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

— जेन-जी आन्दोलनको क्रममा काठमाडौंको केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन्। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ बस्ने प्रदीप लुङ्वा भन्ने शंकर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।



प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार ३४ वर्षीय शंकरलाई बाटैबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई अदालतबाट १० वर्ष कैद सजाय पाएका थिए। उनले केन्द्रीय कारागार जगन्नाथ देवल, सुन्धारामा सजाय भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनको क्रममा फरार भएको उल्लेख छ।

उनी फुङलिङ नगरपालिका–५, वीरेन्द्रचोक क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा फेला परेको प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका छन् । दिक्तेलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले ७० वर्षदेखि भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका हुन् । स्रोत साधनले भरिपूर्ण देशमा भ्रष्टहरूले शासन चलाएकाले गरिब भएर हेपिनु परेको समेत साम्पाङले जनाए । दृष्टिकोणबिनाका नेताहरूलाई चुनेकाले ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कर्णाली प्रदेशलाई नेकपाको गौरवशाली इतिहास बोकेको प्रदेशका रुपमा लिने गरेको बताएका छन् । कर्णालीमा शनिबार एकता सन्देशसभामा सम्बोधन गर्न सुर्खेत पुगेका उनले जनयुद्ध र जनआन्दोलमा हजारौं सहिदहरु, घाइते बेपत्ता भाएकाहरुको त्याग र तपस्याकै कारण विरताको प्रतिकका रुपमा कर्णालीलाई लिने गरिएको बताए । ‘कर्णाली हाम्रो पार्टीको परिवर्तनको गाथा कोरेको प्रदेश हो,' ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिज्ञ धेरै भए पनि नेतृत्व-कौशलको कमी भएकाे बताएका छन् । शनिबार पोखरामा उज्यालो नेपाल पार्टीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘लिडर र पोलिटिसियनमा धेरै फरक छ । लिडरहरू चाहिँ देशको समृद्धिका लागि, देशको सुशासनका ...
— नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् । ‘म प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी)को संस्थापक निर्देशक हो । मैले त्यहाँ पनि संगठित अपराधको जालोलाई तोड्ने काम गरेको थिएँ,’ शुक्रबार श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै उनले भने,‘यहाँ पनि श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई ...
— नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेसँगै राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता खनालले पुँजीवाद र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्यूनिस्ट मिलेर समाजवाद स्थापनामा जुट्न आवश्यक रहेको बताए । 'यो नयाँ पार्टी हैन, ७६ वर्षअघि कमरेड पुष्पलालले ...