मुख्य समाचार
अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध रेडिटले हाल्यो मुद्दा
अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध रेडिटले हाल्यो मुद्दा

— प्रविधि कम्पनीहरूले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई प्लाटफर्ममा पहुँच दिए, उनीहरूलाई ३ करोड ३० लाख डलरसम्म जरिवाना लाग्ने व्यवस्थासहित अस्ट्रेलियाले कानुन कार्यान्वयनमा ल्याएको छ ।



'सोसल मिडिया मिनिमम एज ऐन'ले राजनीतिक संवादको अधिकार उल्लंघन गर्ने र यसबारे अस्ट्रेलियाको सर्वोच्च अदालतले व्याख्या गर्नुपर्ने रेडिटले निवेदनमा भनेको छ । कुन प्लाटफर्मलाई प्रतिबन्ध लगाउने भन्ने कुरामा सरकारले एकरूपता नअपनाएको र १६ वर्षभन्दा कम उमेरका धेरै प्रयोगकर्ता भएका कतिपय एपलाई भने छुट दिइएको रेडिटको आरोप छ ।

यो हप्ता यो कानुन कार्यान्वयमा आएदेखि त्यहाँका किशोरकिशोरीले अबका दिन पहिलेभन्दा फरक हुने प्रतिक्रिया दिइरहेका छन् । सिड्नीकी १३ वर्षीया ओलिभियाले सञ्चार प्रयोजन र सुझावहरू लिनुका साथै आफूले रोल मोडलहरूलाई पछ्याउनेजस्ता सकारात्मक कुराका लागि सामाजिक सञ्जाल चलाउने गरे पनि अब यस्ता सञ्जाल नलचाई हुर्किने बच्चाबच्चीहरूको जीवनशैली फरक हुने बीबीसीलाई बताएकी छन् ।

फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, युट्युब, स्न्यापच्याट, रेडिट, किक, ट्विच, टिकटकजस्ता प्लाटफर्महरूले अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको खाता बुधबारदेखि निस्क्रिय बनाइएको छ । बालबालिकाहरूले नयाँ खातासमेत बनाउन पाउने छैनन् । अस्ट्रेलियाबाट यी प्लाटफर्ममा एकाउन्ट क्रिएट गर्दा उमेर खुल्ने प्रमाण पेस गर्नुपर्छ । प्लाटफर्महरूलाई उमेर प्रमाणीकरण टुल बनाउन अस्ट्रेलिया सरकारले अनिवार्य गरेको छ ।

हालसम्म टिकटकबाट मात्रै २ लाखवटा खाता डिएक्टिभेट भइसकेको र अझै लाखौँ खाता आगामी दिनमा बन्द हुने अनुमान गरिएको छ । रोयटर्सका अनुसार अस्ट्रेलियाका कतिपय किशोरकिशोरीहरूले प्रतिबन्ध लागू हुने अघिल्लो दिन, मंगलबार रातिसम्म अनलाइन बसेर गायिका एडलको ‘स्काइफल’ गीत र त्यसमा समावेश ‘दिस इज द एन्ड’ जस्ता विछोडका भावना सेयर गरेका थिए ।

कतिपयले भने प्रतिबन्धको व्यवस्थालाई लिएर प्रधानमन्त्री एन्थनी अल्बानिजीप्रति आक्रोश पोखेका थिए । अल्बानिजी स्वयंमले टिकटक र इन्स्टाग्राममा ६ हजार फलोअर गुमाइसकेका छन् ।

उमेर प्रमाणीकरणमा असफल भई किशोरकिशोरीलाई सञ्जालमा पहुँच दिए, प्लाटफर्महरूलाई करिब ३ करोड ३० लाख अमेरिकी डलरसम्म जरिवाना तिर्नुपर्ने गरी अस्ट्रेलियाले गत वर्ष नै कानुन तर्जुमा गरेको थियो । सन् २०२४ को नोभेम्बरमा पारित भएको ऐनले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको पहुँच रोक्न अनिवार्य गराएको थियो । यो कानुन यस वर्ष डिसेम्बर १० देखि कार्यान्वयनमा आएको हो ।


यस प्रतिबन्धले विश्वको ध्यान आकृष्ट गरेको छ । मलेसिया, डेनमार्क र नर्वेले पनि यस्तै खालको प्रतिबन्ध लागू गर्ने आशय व्यक्त गरेका छन् । युरोपेली संघले यस्तै प्रतिबन्ध अपनाउने प्रस्ताव पारित गरेको छ । बेलायत सरकारले रोयटर्सलाई बताएअनुसार उनीहरूले पनि ‘सामाजिक सञ्चाल चलाउन उमेर हद तोक्ने अस्ट्रेलियाको पहललाई नजिकबाट हेरिरहेका’ छन् ।

अनलाइन सुरक्षा सुनिश्चितताका लागि अस्ट्रेलियाले सन् २०१५ मा स्थापना गरेको ईसेफ्टी आयोगलाई सामाजिक सञ्जाल चलाउन कम्तीमा १६ वर्ष कटेको हुनुपर्ने प्रावधान लागू गर्ने र यस विषयमा निरीक्षण गर्ने जिम्मेवारी दिइएको छ । आयोगकी आयुक्त्त जुली इनम्यान ग्र्यान्टले सारा एकाउन्ट रातारात निष्क्रिय बनाउनु व्यवहारिक रूपम सहज नभए पनि प्रविधि कम्पनीहरूलाई द्रुत गतिमा काम गर्ने बानी भएकाले त्यस्तै अपेक्षा गरिएको च्यानल नाइनसँगको अन्तर्वार्तामा बताएकी छन् । प्रतिबन्धको अल्पकालिन, मध्यकालीन र दीर्घकालीन प्रभावबारे मूल्यांकन हुने उनको भनाइ छ ।

'एउटै कानुनले हामी आगामी पुस्तालाई सिकारी अल्गोरिदमद्वारा सिर्जना गरिने यातनाको दलदलमा फस्नबाट जोगाउन सक्छौँ,' सञ्चारमन्त्री एनिका वेल्सले भनेकी छन्, 'यी अल्गोरिदम बनाउनेहरूले नै यसलाई व्यवहारगत लागूपर्दाथ भन्ने गरेका छन् । यस्तो लागूपर्दाधबाट बञ्जित गर्दा हाम्रा बच्चाबच्चीहरूले वाद्यवादन सिक्ने, कुकुर डुलाउने वा खेलकुद अभ्यासमा समय बिताउन पाउनेछन् ।'

मन्त्री वेल्सले सामाजिक सञ्जालमा किशोरकिशोरीहरू झुन्डिएर लाग्नुमा उनीहरूको दोष नभइ यो डिजाइनर फिचर अर्थात् प्लाटफर्म निर्माताले नियतवश लत लाग्ने गरी प्लाटफर्म विकास गरेको बताएकी छन् । 'यो कानुन लागू भएपछि किशोरकिशोरीहरू पक्कै दु:खी हुनेछन्, फेरि जोडिनका लागि संघर्ष गर्लान्, कतिले त प्रतिबन्ध छलेर एकाउन्टमा पहुँच बनाउन सफल पनि होलान् । तर, मलाई विश्वास छ, अहिलेको अस्थायी असुविधा दीर्घकालीन फाइदा हासिल गर्न मूल्यवान साबित हुनेछ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले इरानले दिएको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका हुन् । रिपोर्टका अनुसार ट्रम्पले अमेरिकामा मध्यावधि निर्वाचन सम्पन्न भएपछि इरानविरुद्ध हवाई आक्रमण पुन: सुरु गर्न चाहेका छन् । इरानी अधिकारीहरूले अमेरिका समक्ष तनाव कम गर्न र होर्मुज स्ट्रेट ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो अमेरिका भ्रमणका क्रममा ताइवानको मुद्दामा अमेरिकाले सही र स्पष्ट अडान लिनुपर्ने बताएका छन्। चीनको सरकारी समाचार संस्था 'सिन्ह्वा'का अनुसार राष्ट्रपति सीले अमेरिकाले 'ताइवानको स्वतन्त्रताको विरोध गर्ने' आफ्नो प्रतिबद्धतामा दृढ रहनुपर्ने आशा व्यक्त गरेका छन्। द्विपक्षीय रणनीतिक सहयोग र चीन-अमेरिका सम्बन्धलाई मजबुत बनाउनका लागि ताइवान मुद्दा लाई अत्यन्त सावधानीपूर्वक सम्हाल्न चिनियाँ ...
। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सिन्धु नदीको पानी रोक्ने भारतको कुनै पनि प्रयासलाई पाकिस्तानले ‘युद्धको कदम’ मान्ने बताएका छन्। न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ८१ औँ अधिवेशनलाई सम्बोधन गर्दै शहबाज शरीफले शुक्रबार यो कुरा बताएका हुन्। उनले भने, ‘सिन्धु नदीको पानी पाकिस्तान मात्र होइन, पूरै क्षेत्रको लागि लाइफ लाइन हो र हालको सन्धि रोक्ने भारतको एकतर्फी ...
। कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा कतारविरुद्ध लगाउनुभएको आरोप अस्वीकार गर्दै त्यसलाई इजरायलको कार्यबाट ध्यान हटाउने प्रयास भएको बताएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल एक्समार्फत नेतान्याहुको आरोप स्पष्ट रूपमा अस्वीकार गरेका हुन्। उनले‍ कतारले इजरायलविरुद्ध जनमत प्रभावित पार्ने अभियान चलाइरहेको भन्ने आरोप निराधार रहेको बताउँदै कब्जा गरिएका ...
। सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपको तालिम दिने भएको छ । उपप्रधानमन्त्री गान किम योङले उक्त जानकारी दिए। ‘आईबीएफ डिस्टिङ्सन इभनिङ’ कार्यक्रममा उनले बैङ्किङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रका २३ वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएको बताए। ती संस्थाले हालै सुरु गरिएको ‘इन्स्टिच्युट अफ बैङ्किङ एन्ड ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम