— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कर्णाली प्रदेशलाई नेकपाको गौरवशाली इतिहास बोकेको प्रदेशका रुपमा लिने गरेको बताएका छन् ।
कर्णालीमा शनिबार एकता सन्देशसभामा सम्बोधन गर्न सुर्खेत पुगेका उनले जनयुद्ध र जनआन्दोलमा हजारौं सहिदहरु, घाइते बेपत्ता भाएकाहरुको त्याग र तपस्याकै कारण विरताको प्रतिकका रुपमा कर्णालीलाई लिने गरिएको बताए ।
‘कर्णाली हाम्रो पार्टीको परिवर्तनको गाथा कोरेको प्रदेश हो,' उनले भने, ‘नेपालको इतिहासमा यो पहिलो पटक हो, १६ वटा कम्युनिस्ट पार्टीहरु मिलेर एउटै पार्टीमा केन्द्रित भएको हो ।’ जेन-जी आन्दोलन हुनुभन्दा पहिलेबाटै नै नेपाल कम्युनिस्ट पार्टी एकता गर्ने तयारीमा लागेको उनले जनाए ।
सुदूरबाट सुरु भएको एकता सन्देशसभा कर्णालीमा आएर अन्तिम भएको उल्लेख गर्दै उनले कर्णालीमा नेकपाले इतिहास रचना गर्ने बताए । 'साथीहरुले भन्नुभएको छ, सुदूर र कर्णाली हाम्रो पार्टी एक नम्बरमा रहने छ । कर्णालीमा इतिहास रचना गर्ने छौं ।'
उनले देशमा विदेशी हस्तक्षेप रोक्न जनताको एकता भएको समेत बताए ।