मुख्य समाचार
भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी
भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी

— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका छन् ।

दिक्तेलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले ७० वर्षदेखि भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका हुन् । स्रोत साधनले भरिपूर्ण देशमा भ्रष्टहरूले शासन चलाएकाले गरिब भएर हेपिनु परेको समेत साम्पाङले जनाए ।

दृष्टिकोणबिनाका नेताहरूलाई चुनेकाले स्वर्गजस्तो देश भए पनि गरिब हुनु परेको साम्पाङले बताए । ‘नेता भएपछि दृष्टिकोण हुनु पर्छ, दृष्टिकोणबिनाको नेतालाई चुन्दा दुःख पाएको हो,’ साम्पाङले भने, ‘समस्या पहिचान गर्न नसक्ने नेता हुन सक्दैन, समस्या पहिचान गर्न सके पनि समाधान गर्न सक्दैन, त्यस्तोलाई नेता सम्झ्यौं, अब त्यस्तो गल्ति गर्नु हुँदैन ।’

विदेशीको ऋण लिएर विकास गर्छु भन्ने अनि ऋण लिएर आधाको काम गर्ने र आधाले आफ्नो घर बनाउने नेतालाई भुलेर पनि नेता मान्न नहुने साम्पाङको भनाइ छ । अब विदेशीको ऋणले होइन, आफ्नै स्रोत साधन र पाखुराले देशको विकास गर्नुपर्ने समेत साम्पाङले बताए । ‘विदेशी ऋण लिएर विकास गर्छु भन्ने, ऋण लिएर आधाले काम गर्ने, आधाले आफ्नो घर बनाउनेलाई नेता मान्नु हुँदैन, घरी युद्धको नाममा, घरी के को नाममा सत्तामा पुगेर भ्रष्टाचार गर्ने न्यूनतम मान्छेसमेत नभएकालाई नेता मान्नै हुँदैन,’ साम्पाङले भने, ‘अब विदेशीको ऋणले होइन, आफ्नै स्रोत साधन र पाखुराले देशको विकास गनु पर्छ ।’

साम्पाङले देश विदेशीले चलाएको समेत आरोप लगाए । विदेशीले नचाहँदा सरकार ढल्नु पर्ने, चाहँदा सरकार बन्नु पर्ने, विदेशीले बनाइदिएको व्यक्ति प्रधानमन्त्री हुनुपर्ने, गृहमन्त्री हुनु पर्ने बाध्यताको अन्त्य गर्न श्रम संस्कृति पार्टी जन्मिएको साम्पाङले बताए । ‘विदेशीले नचाहँदा सरकार ढल्नु पर्ने, चाहँदा सरकार बन्नु पर्ने, विदेशीले बनाइदिएको व्यक्ति प्रधानमन्त्री हुनुपर्ने, गृहमन्त्री हुनु पर्ने बाध्यता छ,’ साम्पाङले भने, ‘त्यसैले यसको अन्त्यका लागि गरिब, सोझा–साझा जनताले देश चलाउनका लागि श्रम संस्कृति पार्टी जन्मिएको हो ।’


शिक्षा, स्वास्थ्य, रोगजारीका लागि पुरानो गल्तीलाई दोहोर्‍याउन नहुने समेत साम्पाङले बताए । यसका साथै स्वाधीन देशका लागि श्रमदान गर्नुपर्ने साम्पाङले सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कर्णाली प्रदेशलाई नेकपाको गौरवशाली इतिहास बोकेको प्रदेशका रुपमा लिने गरेको बताएका छन् । कर्णालीमा शनिबार एकता सन्देशसभामा सम्बोधन गर्न सुर्खेत पुगेका उनले जनयुद्ध र जनआन्दोलमा हजारौं सहिदहरु, घाइते बेपत्ता भाएकाहरुको त्याग र तपस्याकै कारण विरताको प्रतिकका रुपमा कर्णालीलाई लिने गरिएको बताए । ‘कर्णाली हाम्रो पार्टीको परिवर्तनको गाथा कोरेको प्रदेश हो,' ...
— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिज्ञ धेरै भए पनि नेतृत्व-कौशलको कमी भएकाे बताएका छन् । शनिबार पोखरामा उज्यालो नेपाल पार्टीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘लिडर र पोलिटिसियनमा धेरै फरक छ । लिडरहरू चाहिँ देशको समृद्धिका लागि, देशको सुशासनका ...
— नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् । ‘म प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी)को संस्थापक निर्देशक हो । मैले त्यहाँ पनि संगठित अपराधको जालोलाई तोड्ने काम गरेको थिएँ,’ शुक्रबार श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै उनले भने,‘यहाँ पनि श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई ...
— नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेसँगै राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता खनालले पुँजीवाद र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्यूनिस्ट मिलेर समाजवाद स्थापनामा जुट्न आवश्यक रहेको बताए । 'यो नयाँ पार्टी हैन, ७६ वर्षअघि कमरेड पुष्पलालले ...
— जेन-जी आन्दोलनको क्रममा काठमाडौंको केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन्। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ बस्ने प्रदीप लुङ्वा भन्ने शंकर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार ३४ वर्षीय शंकरलाई बाटैबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका ...