मुख्य समाचार
नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरकी कर्मचारी नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि
नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरकी कर्मचारी नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि

। कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरकी कर्मचारी नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि (मतदाता) बनेको खुलेको छ ।

प्राधिकरणकी वरिष्ठ सहायक सिनियर मिटर रिडर कल्पना थापा एमाले महाधिवेशन प्रतिनिधि चयन भएर महाधिवेशनमा सहभागी भएकी हुन् । महाधिवेशनको उदघाटन समारोहमा थापा पुगेको तस्वीर सार्वजनिक भएपछि उनले सरकारको कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गरेको पुष्टि भएको हो ।

विनियमावलीको परिच्छेद १३ को नियम १३० मा कुनै पनि कर्मचारीले राजनीतिक दलको सदस्यता लिनु नहुने, राजनीतिक दलहरुले सञ्चालन गरेको राजनैतिक क्रियाकलापमा सहभागी बन्न नहुने र निर्वाचनमा भाग लिन नहुने स्पष्ट उल्लेख छ ।

यस्तै कर्मचारीले कुनै पनि राजनैतिक पदको लागि हुने निर्वाचनमा भाग लिन र कसैको निमित्त मत माग्न वा कुनै प्रकारबाट प्रभाव पर्नेगरी राजनीतिक प्रचार प्रसार गर्नु गराउन नपाइने उल्लेख छ ।

प्राधिकरणको वितरण केन्द्रका प्रमुख हरि पाण्डेले थापालाई पार्टी राजनीति गर्ने भए जागिर छाड्न आग्रह गरेको र यो विषय माथिल्लो निकायमा जानकारी गराएपनि सुनुवाइ नभएको बताए । ‘कुनै पनि सरकारी कर्मचारी राजनीतिक दलको सक्रिय कार्यकर्ता बन्न विनियमावलीले मिल्दैन, यदि राजनीति गर्ने हो भने जागिर छाडनुपर्छ भनेर मैले उहाँलाई स्पष्टै भनेको हुँ तर मान्नुभएन अनि माथिल्लो निकायमा जानकारी गराएको छु,’ पाण्डेले भने ।

थापा नेकपा एमाले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ मा महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धा गरेर महिलातर्फ निर्वाचित भएकी थिइन् । १३ जनाले प्रतिस्पर्धा गरेकामा थापासँगै ज्ञानु केसी र विमला श्रेष्ठ निर्वाचित भएका थिए ।

निर्वाचनमा भाग लिएकी एमालेकै अग्रज महिला नेतृले राजनीति मात्र गरेका इमान्दार महिलाहरु पछाडि पर्ने तर सरकारी जागिर खाएर सरकारकै नियम कानून कुल्चेर राजनीति पनि गर्नेहरुलाई पार्टी नेतृत्वले प्रश्रय दिनु गलत भएको प्रतिक्रिया दिइन् । थापा भन्दा सिनियर थानकुमारी थापा, विमला पन्थी, देवी वाग्लेहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी गरेका छन् । कुलमानले जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको भन्दै प्रचण्डले त्यस्तो नगर्न चेतावनी समेत दिएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा आउन आग्रह गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको बताएका हुन् । ‘एमालेका साथीहरू तपाईँहरूको बाटो पनि यही हो । अर्को बाटो छैन । तपाईँहरू पनि एकताबद्ध ...
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा आयोजित नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै यस्तो बताएका हुन् । ‘यी दुवै घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको ...
। धादिङको महादेव बेंसीमा माइक्रोबस दुर्घटनामा परेको छ । पोखराबाट काठमाडौं तर्फ आउँदै गरेको बा२ख ५०२६ नम्बरको माइक्रोबस शनिबार दिउँसो दुर्घटनामा परेको हो । ब्रेकफेल भएर सडकबाट करिब १५ मिटर तल माइक्रोबस खस्दा ११ जना घाइते भएको धादिङ प्रहरीले जनाएको छ ।
। नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको रोडम्यापसँग मेल खानेगरी उनले पनि निर्वाचनअघि नै सर्वपक्षीय सरकार बन्नुपर्ने जिकिर गरेका हुन् । शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले सर्वपक्षीय अन्तरिम सरकार बनाएर ...