मुख्य समाचार
‘सुशासन नहुँदा युवाहरू मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आयो
‘सुशासन नहुँदा युवाहरू मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आयो

। राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले देशमा सुशासन नभएकै कारण आज युवाहरु मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताएका छन् ।

शनिबार दमकको आदिवासी रङ्गशालामा राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष पोर्तेलले देशमा भ्रष्टहरुलाई कारवाही नभएकै कारण आज देश विकाराल अवस्थामा पुगेको र जेनजीहरुको उदय भएको उनले बताए।




जेनजी आन्दोलनका क्रममा दाहिने खुट्टा गुमाएका पोर्तेलले असली जेनजीहरु ओझेलमा परेको र नक्कली जेनजीहरु हावी भएको आरोप लगाए। आफू सक्कली घाइते तथा जेनजी नै भएको बताउँदै अध्यक्ष पोर्तेलले जेनजी आन्दोलनलाई दमन गर्नेहरुलाई कानुनी दायराम ल्याउन वर्तमान सरकार असक्षम रहेको आरोप लगाए।

सो अवसरमा जेनजी शहीद श्रेयम चौलागाईको बुबा गणेश प्रसाद चौलागाईले वर्तमान सरकारले जेनजीको भावना विपरितका गतिविधिहरुलाई बढावा दिएको आरोप लगाए । उनले सुशीला कार्की नेतृत्वको सरकारले काम गर्न नसके राजीनामा दिन सुझाव दिए।


त्यस्तै जेनजी युवा अजयले जेनजीलाई कमजोर नठान्न चेतावनी दिए ।ठूलो संख्यामा स्थानीय र जेनजी युवाहरुको सहभागिता रहेको भेलालाई सम्बोधन गर्दै उनले भने,‘देशको मायाले सानै उमेरमा म राजनीतिमा होमिन बाध्य भए।’

देशलाई दुरदर्शी नेताको खाँचो रहेको बताउँदै उनले भ्रष्टाचारका कारण आज देश थिलोथिलो भएको बताए । तर अब राष्ट्रिय परिवर्तन पार्टीको उदयसँगै यसले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने दाबी गरे।

जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण सभामा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो । जेनजी युनाईटेड समूहका जेनजीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा गर्न सभा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल जेन-जी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत पहिलो जागरण सभा झापा क्षेत्रनम्बर ५ बाट सुरु हुनेछ । सरकार र जेन-जी जनआन्दोलनकारीबीच भएको औपचारिक सम्झौतापछि नेपाल जेन-जी फ्रन्टले अभियान घोषणा गरेको हो । झापाको दमकबाट आजै अभियानको सुरु हुनेछ । यो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको ...
। नेकपा एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित गरिएको छ । एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ । जसमा प्रदेशगत प्रतिनिधित्व उपत्यकासहित सबै प्रदेशबाट एक/एक जना युवा आउनेछन् । एमालेको पार्टी संरचनामा ८ प्रदेश छ । यसो हुँदा ८ जना युवा यहाँबाट आउनेछन् । खुला कोटामा ...
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी गरेका छन् । कुलमानले जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको भन्दै प्रचण्डले त्यस्तो नगर्न चेतावनी समेत दिएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा आउन आग्रह गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको बताएका हुन् । ‘एमालेका साथीहरू तपाईँहरूको बाटो पनि यही हो । अर्को बाटो छैन । तपाईँहरू पनि एकताबद्ध ...
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा आयोजित नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै यस्तो बताएका हुन् । ‘यी दुवै घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको ...