मुख्य समाचार
महाधिवेशनको उद्घाटन कार्यक्रममा भएको उपस्थितिलाई कम नआक्न आग्रह
महाधिवेशनको उद्घाटन कार्यक्रममा भएको उपस्थितिलाई कम नआक्न आग्रह

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन कार्यक्रममा भएको उपस्थितिलाई कम नआक्न आग्रह गरेका छन् ।

भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘हिमाल पहाड र तराई तथा प्रवास सम्म जोडिएको एमलेका लागि यो सभामा उपस्थित भएका हामीहरू केही थोपा मात्रै हौं । एमालेले ठूलै सभा गर्यो भन्ने वित्तिकै यही सभामा उपस्थित मात्रै एमले भन्ने नठानुन् । यो सभामा उपस्थित हामीहरू एमाले महासागरको एउटा थोपा मात्रै हो ।’

आज सुरु भएको एमालेको महाधिवेशन तीन दिन सम्म चल्नेछ ।

बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल जेन-जी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत पहिलो जागरण सभा झापा क्षेत्रनम्बर ५ बाट सुरु हुनेछ । सरकार र जेन-जी जनआन्दोलनकारीबीच भएको औपचारिक सम्झौतापछि नेपाल जेन-जी फ्रन्टले अभियान घोषणा गरेको हो । झापाको दमकबाट आजै अभियानको सुरु हुनेछ । यो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको ...
। नेकपा एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित गरिएको छ । एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ । जसमा प्रदेशगत प्रतिनिधित्व उपत्यकासहित सबै प्रदेशबाट एक/एक जना युवा आउनेछन् । एमालेको पार्टी संरचनामा ८ प्रदेश छ । यसो हुँदा ८ जना युवा यहाँबाट आउनेछन् । खुला कोटामा ...
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी गरेका छन् । कुलमानले जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको भन्दै प्रचण्डले त्यस्तो नगर्न चेतावनी समेत दिएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा आउन आग्रह गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको बताएका हुन् । ‘एमालेका साथीहरू तपाईँहरूको बाटो पनि यही हो । अर्को बाटो छैन । तपाईँहरू पनि एकताबद्ध ...
। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा आयोजित नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै यस्तो बताएका हुन् । ‘यी दुवै घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको ...