मुख्य समाचार
केही दिन अगाडि प्रधानमन्त्री र जेनजी युवाहरूबिच भएको सम्झौता नेकपाको नीतिसँग मिल्दो जुल्दो रहेको
केही दिन अगाडि प्रधानमन्त्री र जेनजी युवाहरूबिच भएको सम्झौता नेकपाको नीतिसँग मिल्दो जुल्दो रहेको

। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन अगाडि प्रधानमन्त्री र जेनजी युवाहरूबिच भएको सम्झौता नेकपाको नीतिसँग मिल्दो जुल्दो रहेको बताएका छन् ।

सुर्खेतमा शनिबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र नेकपाको विचार एउटै भएको भन्दै सम्झौताको विषय पनि मिलेको बताए ।

‘प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूले गरेको सम्झौता राम्रोसँग हेर्नुभयो भने नेकपाको नीति कार्यक्रमसँग धेरै मिल्दो जुल्दो छ,’ उनले भने, ‘यस अर्थ कतिपय आत्तिएका छन् । सबै नेकपा तिर जाने भएकी भनेर आतङ्कित बनेका छन् ।’

उनले मिडियामा नाम सुनियाका, चर्चामा आएका सबै जेनजी युवाहरू नेकपामा जोडिएको समेत दाबी गरे ।

‘तपाईँहरूलाई अनौठो लाग्ला, हामीलाई बेसरी गाली गर्नेहरू सबै अहिले नेपाली कम्युनिस्ट पार्टीमा जोडिएका छन्,’ उनले भने, ‘जेनजीहरुको अभिभावक पार्टी नेकपा नै रहेछ । हाम्रा अभिभाव भनेका प्रचण्ड र माधव नै रहेछन् भन्ने कुरा रियलाइज गरेका छन् ।’

जेनजी आन्दोलनले राजनीतिक दल र पुराना नेताहरूलाई गम्भीर चुनौती दिएको प्रचण्डको ठहर छ । ‘सच्चिने कि सक्किने’ भनेर जेनजी युवाहरूले दिएको चेतावनीलाई आफूले सकारात्मक रूपमा लिएको समेत बताए । ‘जेनजी युवाहरूले हामीलाई सचिने की सकिने भन्ने चुनौती दिए । हामीले त्यसलाई स्वीकार गयौ । र, जेनजीको बाटोमा हिँड्ने पहिलो पार्टी नै हामी बन्यौँ,’ प्रचण्डले भने ।

प्रचण्डले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जेनजी युवामाथि गरेको दमन गलत भएको टिप्पणी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिंहदरबार गेटमा जेनजी घाइते युवाहरूले धर्ना दिएका छन् । आइतबार दिउँसो गेटमा पुगेर उनीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै धर्ना दिएका हुन् । अहिले उनीहरूलाई प्रहरीले धर्ना रोकेर वार्तामा सहभागी हुन आग्रह गरिरहेका छन् ।
। भक्तपुरका विभिन्न ठाउँहरुमा श्रंखलाबद्ध रुपमा चोरी गर्ने समूहा १० सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको मन्थली नगरपालिका–१३ घर भएका २० वर्षीय आशिष केसी, काभ्रेको धुलिखेलका २२ वर्षीय सरोज भुजेल, उदयपुर घर भएका ३० वर्षीइ दीपक गहतराज, मोरङका ३५ वर्षीय विशाल विश्वकर्मा, सिन्धुपाल्चोककी ३८ वर्षीया सरस्वती पुरी, भोजपुरका ३१ वर्षीय सरोज राई? भक्तपुरका ...
। अर्थमन्त्री रामेश्वर खनालले जातीय र भाषिक विविधता नेपालको सम्पत्ति भएको बताएका छन् । आइतबार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहबारमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता मुलुकलाई समृद्ध बनाउने आवश्यक कुरा भएको बताए । उनले विविध विधिताहरूको सही उपयोग गर्न नसकिरहेको बताए । कतिपय जातिहरूलाई अहिलेसम्म पनि चिन्न नसकिएको उनले ...
। राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् । राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच नेपालको संविधानको धारा २६६ उपधारा ३ बमोजिम प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेकी हुन् ।
। के कृत्रिम बुद्धिमत्ता अर्थात एआई केवल एउटा टूलमात्रै हो कि यसले मानिसका गम्भीर निर्णयहरुलाई समेत प्रभावित गर्ने तागत राख्छ ? अहिले यही प्रश्न सामाजिक सञ्जालमा मात्र होइन विश्वव्यापी प्रविधि उद्योगमा टड्कारो बनिरहेको छ। यस्तो सवाल उठ्नुको कारण बनेको छ अमेरिकामा भएको एउटा हत्याकाण्ड। अमेरिकामा एक महिलाको हत्या तथा आत्महत्याको टनामा च्याट जीपिटी जिम्मेवार रहेको आरोप मृतकको ...