मुख्य समाचार
देशका ६४ लाख घरमा पुगेर माफी माग्ने र तीन लाख आइटी आर्मी बनाउने
देशका ६४ लाख घरमा पुगेर माफी माग्ने र तीन लाख आइटी आर्मी बनाउने

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले देशका ६४ लाख घरमा पुगेर माफी माग्ने र तीन लाख आइटी आर्मी बनाउने बताएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै गौतमले भाषण गरेर हिँड्ने मात्रै नभई जनताको घरदैलोमा पुगेर माफी माग्न आफ्नै नेताहरूलाई आग्रह गरे । ‘हाम्रो देशमा अहिले ६४ लाख घर परिवार छन् । यी नै परिवारमा २ करोड ९२ लाख जनसङ्ख्या रहन्छन् । ६४ लाख परिवारमा पुग्नै पर्छ, गएर माफी माग्नै पर्छ’ नेता गौतमले भने ।

उनले नेकपाले समाजवाद निर्माण गर्न नसके आफूहरू जेलमा कोचिन समेत तयार रहेको बताए । विगतमा आफूहरू पटक पटक सत्तामा हुँदा चाहेर पनि धेरै कुरा गर्न नसकेको भन्दै गौतमले आत्मा आलोचना समेत गरे । ‘विगतमा म तीन पटक उपप्रधान तथा गृहमन्त्री भए । तर नेपाल विकसित हुन सकेन । त्यसैले म आत्मालोचना गर्छु । सरकारमा रहँदा जति गर्नुपर्ने थियो, त्यति मैले गरिन्’ उनले भने ।

उनले यो देशको विकास नहुनामा अरू पार्टीका नेताहरू जतिकै नेकपा नेताहरू पनि जिम्मेवार रहेको स्वीकारे । ‘हामी सत्तामा हुँदा भनेअनुसार काम गर्न नसकेकै हो । त्यस प्रति हामी आत्मालोचना गर्दछौँ । तपाईंहरूसँग माफी माग्छौ’ उनले भने, ‘भविष्यमा त्यो गल्ती दोहोर्‍याउने बाचा गर्दछौँ ।’

गौतमले ३ लाख शक्ति भएको आइटी आर्मी बनाएर पार्टी विरुद्ध बोल्नेहरूमाथि प्रहार गर्ने बताए । उनले उक्त आइटी आर्मी छिटो भन्दा छिटो बनाउन नेताहरूलाई मञ्चबाटै आग्रह समेत गरे ।

उनले फागुन २१ को निर्वाचन पछि नेकपाको सरकार बन्ने दाबी समेत गरे । ‘नेकपाले आयोजना गरेको भेलामा जनलहर उर्लेको छ । फागुन २१ को निर्वाचनबाट हामी सरकार बनाउने सक्ने क्षमताका साथ अहिले उपस्थिति भएका छौ । अव हामी सरकार बनाउने तयारीमा लाग्नुपर्दछ,’ उनले भने ।

निकै आक्रामक सम्बोधन गरेका गौतमले अब नेताहरूलाई भाग्ने छुट नभएको बताए । विगतमा भएका कमजोरीहरूलाई खुलेर स्वीकार गरेका गौतमले जनतालाई भ्रममा नपार्न आफ्नै नेतृत्वलाई चेतावनी समेत दिए । ‘जनतालाई ढाँट्नका लागि मात्र समाजवाद नभन्नुहोस्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिंहदरबार गेटमा जेनजी घाइते युवाहरूले धर्ना दिएका छन् । आइतबार दिउँसो गेटमा पुगेर उनीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै धर्ना दिएका हुन् । अहिले उनीहरूलाई प्रहरीले धर्ना रोकेर वार्तामा सहभागी हुन आग्रह गरिरहेका छन् ।
। भक्तपुरका विभिन्न ठाउँहरुमा श्रंखलाबद्ध रुपमा चोरी गर्ने समूहा १० सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको मन्थली नगरपालिका–१३ घर भएका २० वर्षीय आशिष केसी, काभ्रेको धुलिखेलका २२ वर्षीय सरोज भुजेल, उदयपुर घर भएका ३० वर्षीइ दीपक गहतराज, मोरङका ३५ वर्षीय विशाल विश्वकर्मा, सिन्धुपाल्चोककी ३८ वर्षीया सरस्वती पुरी, भोजपुरका ३१ वर्षीय सरोज राई? भक्तपुरका ...
। अर्थमन्त्री रामेश्वर खनालले जातीय र भाषिक विविधता नेपालको सम्पत्ति भएको बताएका छन् । आइतबार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहबारमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता मुलुकलाई समृद्ध बनाउने आवश्यक कुरा भएको बताए । उनले विविध विधिताहरूको सही उपयोग गर्न नसकिरहेको बताए । कतिपय जातिहरूलाई अहिलेसम्म पनि चिन्न नसकिएको उनले ...
। राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष सुशीला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् । राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच नेपालको संविधानको धारा २६६ उपधारा ३ बमोजिम प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेकी हुन् ।
। के कृत्रिम बुद्धिमत्ता अर्थात एआई केवल एउटा टूलमात्रै हो कि यसले मानिसका गम्भीर निर्णयहरुलाई समेत प्रभावित गर्ने तागत राख्छ ? अहिले यही प्रश्न सामाजिक सञ्जालमा मात्र होइन विश्वव्यापी प्रविधि उद्योगमा टड्कारो बनिरहेको छ। यस्तो सवाल उठ्नुको कारण बनेको छ अमेरिकामा भएको एउटा हत्याकाण्ड। अमेरिकामा एक महिलाको हत्या तथा आत्महत्याको टनामा च्याट जीपिटी जिम्मेवार रहेको आरोप मृतकको ...