मुख्य समाचार
नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग
नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग

। नेपालमा सुधार केन्द्रमा राखिएका एक युवाको शंकास्पद मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न उनको परिवारले माग गरेको छ ।

विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कात्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो ।

ढकालको केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएका बिरामीको कुटपिटबाटै मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । केन्द्रले भने ढकाल भाग्नका लागि भवनमाथिबाट हामफाल्ने क्रममा लडेर घाइते भएको र त्यसपछि उपचारका क्रममा मृत्यु भएको दाबी गरेको छ ।

स्वर्गीय ढकालका परिवारले सुधार केन्द्रभित्र कुटपिटबाटै मृत्यु भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् ।

पीडितको जाहेरीपछि केन्द्रका कर्मचारी र त्यहाँ उपचारका लागि राखिएका समेत ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले केन्द्रका कर्मचारी आशिष विकसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।



पीडितका मामा रामगोपाल भण्डारीले भान्जालाई १३ दिनअघि सुधार केन्द्रमा राखिएको, त्यसपछि परिवार र आफन्त कसैलाई पनि भेट गर्न नदिइएको र मृत्यु भएपछि मात्र खबर गरिएको बताए । डिपेन्डेन्टका रूपमा बेलायतमा बस्दै आएका ढकाल लागूऔषध दुर्व्यसनमा परेपछि उपचारका लागि नेपाल लगिएको थियो । उनलाई परिवारले कात्तिक २५ गतेदेखि केन्द्रमा राखेको थियो ।

मामा भण्डारीका अनुसार केन्द्रले तीन महिनाका लागि १ लाख रुपैयाँ रकम लाग्ने जनाएपछि पहिलो महिनाको ३० हजार रुपैयाँ भुक्तानी गरी सकिएको थियो । ‘भित्र राखेपछि कसैलाई भेट गर्नै दिइएन,’ उनले भने, ‘एकै पटक मृत्यु भएपछि मात्र खबर गरियो ।’

केन्द्रले चौतारी हस्पिटल प्रालिका नाममा नशा, स्नायू तथा मनोरोग अस्पताल पनि सञ्चालन गर्दै आएको छ ।

मृतक नारायण ढकालका बुवा धर्म ढकाल लगायत परिवारले आफ्नो छोराको हत्या गरिएको भन्दै पुनःस्थापना केन्द्रले नै उक्त घटनाको पूर्ण जिम्मेवारी लिनुपर्ने र दोषीहरुलाई कडा कारवाही गरिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...