मुख्य समाचार
एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित
एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित

। नेकपा एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ । जसमा प्रदेशगत प्रतिनिधित्व उपत्यकासहित सबै प्रदेशबाट एक/एक जना युवा आउनेछन् । एमालेको पार्टी संरचनामा ८ प्रदेश छ । यसो हुँदा ८ जना युवा यहाँबाट आउनेछन् ।

खुला कोटामा युवाका लागि २, जनजाति आदिवासीतर्फ युवा २, मधेशीतर्फ युवा २ र दलिततर्फ युवा १ जना आउनेछन् । यसो हुँदा ३०१ सदस्यीय केन्द्रीय समितिमा युवा १५ जना हुनेछन् । यो ४.९८ प्रतिशत हो ।

पोलिटब्यूरो सदस्य महेश बस्नेतले युवाको लागि ५ कोटा राखिएको जानकारी दिए ।

केन्द्रीय कमिटीमा १० देखि १५ प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग उठेको थियो ।

गत शुक्रबार बसेको सचिवालय बैठकमा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्ताव नै राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएको उनाक प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सो चुनावलाई प्रभावित ...
। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन् । ११ वर्ष पार्टी अध्यक्ष बनिसकेको र ६ वर्ष प्रधानमन्त्री भइसकेकोले उनले गर्नुपर्ने नयाँ काम केही बाँकी नरहेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । ‘११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । ६ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा सुरुङ अनुगमन गरेका छन् । आइतबार साँझ निर्माणस्थल अनुगमनमा पुगेका उनले सोही क्रममा रातिको समयमा पनि काम गर्न निर्देशन दिए । उनले कामदारको संख्या बढाएर रातिको समयमा पनि काम गर्न भनेका हुन् । त्यस्तै सडक निर्माणमा अवरोध गरिरहेका विद्युतीय पोल तत्काल सार्न पनि मन्त्री घिसिङले निर्देशन दिए । ...

। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को एक पदका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको बढुवा समिति सचिवालयले गत शुक्रबार सूचना प्रकाशित गर्दै नेपाल स्वास्थ्य सेवाअन्तर्गत १२औँ तहमा बढुवा प्रक्रिया सुरु गरेको हो । प्रकाशित सूचनाअनुसार कार्यसम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गरिनेछ । सूचनामा गत असार मसान्तसम्म पाँच वर्ष ...