मुख्य समाचार
चिनियाँ युवतीले ५ महिनासम्म खुट्टामै पालिन् चुँडिएको आफ्नो कान !
चिनियाँ युवतीले ५ महिनासम्म खुट्टामै पालिन् चुँडिएको आफ्नो कान !

। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्।

यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर दुर्घटनामा परेकी थिइन्। काम गर्ने क्रममा उनको कपाल मेसिनमा अल्झिँदा उनको बायाँ कान चुँडिनुका साथै टाउकोको छाला र अनुहारको केही भागसमेतमा चोट लागेको थियो। दुर्घटनामा उनको ज्यान जोगिएपनि उनको उपचारमा जटिल शल्यक्रियाको आवश्यकता परेको थियो।


दुर्घटनापछि चिकित्सकहरूले जाँच गर्दा चुँडिएको कानमा रक्तसञ्चार गराउने नलीहरू गम्भीर रूपमा क्षतिग्रस्त भएकाले तुरुन्तै त्यो कानलाई टाउकोमा जोड्न नसकिने निष्कर्ष निकाले। त्यसैले त्यसको सफल प्रत्यारोपणका लागि उक्त कानलाई पुनः स्वस्थ बनाउनु आवश्यक ठहरियो।

त्यसका लागि चिकित्सकहरूले महिलाको पाइतालाको माथिल्लो भागलाई सो कान राख्नका लागि सबैभन्दा उपयुक्त स्थान माने। त्यहाँको छाला पातलो हुनुका साथै रक्तनलीहरूको आकार कानका रक्तनलीसँग मिल्दोजुल्दो थियो जसले प्रत्यारोपण सहज बनाउँथ्यो।

१० घण्टाको जटिल शल्यक्रिया

कानभित्रका रक्तनलीहरू अत्यन्तै साना अर्थात् ०.२ देखि ०.३ मिलिमिटरसम्मका हुने भएकाले शल्यक्रिया निकै चुनौतीपूर्ण थियो। चिकित्सकहरूको टोलीले करिब १० घण्टासम्म मानव कपालभन्दा पनि पातलो सुई र धागो प्रयोग गरेर प्रत्येक रक्तनली सिउने काम गर्‍यो।

सुरुका केही दिन निकै संवेदनशील रहे । किनकि रक्तप्रवाह पूर्ण रूपमा सहज थिएन। तर चिकित्सकहरूको प्रयासले प्रत्यारोपण सफल भयो कानमा बिस्तारै स्वस्थ गुलाबी रङ फर्कियो।

पाँच महिना खुट्टामै कान

दुर्घटनामा कान चुँडिएको पाँच महिनासम्म ती महिलाले आफ्नो बायाँ कान खुट्टाको पञ्जामै राखेर दैनिकी बिताइन्। बाहिर निस्कँदा उनले खुकुला जुत्ता मात्र लगाइन् ताकि कानमा दबाब नपरोस्। रक्तसञ्चार राम्रो होस् भनेर उनी हल्का गतिमा मात्र हिँड्थिन्। यस अवधिमा टाउकोको प्रत्यारोपित छालासमेत बिस्तारै टाँसिँदै निको हुँदै गयो।

गत अक्टोबर महिनामा चिकित्सकहरूको टोलीले कानलाई पुनः टाउकोमै जोड्ने अन्तिम प्रयास गर्‍यो। तर त्यो प्रक्रिया झन् जटिल बन्यो। टाउकोको छालामा रहेका रक्तनली र स्नायुहरू मोडिएका र विकृत भएकाले चिकित्सकहरूले माइक्रोस्कोप प्रयोग गरी तह तहमा तन्तुहरु काट्दै प्रयोगयोग्य रक्तनली र स्नायु खोज्नुपर्‍यो।

अन्ततः पाँच महिनाको पीडा र धैर्यपछि ती महिलाको बायाँ कान आफ्नै स्थानमा सफलतापूर्वक पुनः जडान भयो। चिकित्सकीय दृष्टिले यो घटना दुर्लभ मात्र होइन आधुनिक प्रत्यारोपण शल्यक्रियाको उल्लेखनीय उपलब्धि मानिएको छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले इरानले दिएको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका हुन् । रिपोर्टका अनुसार ट्रम्पले अमेरिकामा मध्यावधि निर्वाचन सम्पन्न भएपछि इरानविरुद्ध हवाई आक्रमण पुन: सुरु गर्न चाहेका छन् । इरानी अधिकारीहरूले अमेरिका समक्ष तनाव कम गर्न र होर्मुज स्ट्रेट ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो अमेरिका भ्रमणका क्रममा ताइवानको मुद्दामा अमेरिकाले सही र स्पष्ट अडान लिनुपर्ने बताएका छन्। चीनको सरकारी समाचार संस्था 'सिन्ह्वा'का अनुसार राष्ट्रपति सीले अमेरिकाले 'ताइवानको स्वतन्त्रताको विरोध गर्ने' आफ्नो प्रतिबद्धतामा दृढ रहनुपर्ने आशा व्यक्त गरेका छन्। द्विपक्षीय रणनीतिक सहयोग र चीन-अमेरिका सम्बन्धलाई मजबुत बनाउनका लागि ताइवान मुद्दा लाई अत्यन्त सावधानीपूर्वक सम्हाल्न चिनियाँ ...
। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सिन्धु नदीको पानी रोक्ने भारतको कुनै पनि प्रयासलाई पाकिस्तानले ‘युद्धको कदम’ मान्ने बताएका छन्। न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ८१ औँ अधिवेशनलाई सम्बोधन गर्दै शहबाज शरीफले शुक्रबार यो कुरा बताएका हुन्। उनले भने, ‘सिन्धु नदीको पानी पाकिस्तान मात्र होइन, पूरै क्षेत्रको लागि लाइफ लाइन हो र हालको सन्धि रोक्ने भारतको एकतर्फी ...
। कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा कतारविरुद्ध लगाउनुभएको आरोप अस्वीकार गर्दै त्यसलाई इजरायलको कार्यबाट ध्यान हटाउने प्रयास भएको बताएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल एक्समार्फत नेतान्याहुको आरोप स्पष्ट रूपमा अस्वीकार गरेका हुन्। उनले‍ कतारले इजरायलविरुद्ध जनमत प्रभावित पार्ने अभियान चलाइरहेको भन्ने आरोप निराधार रहेको बताउँदै कब्जा गरिएका ...
। सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपको तालिम दिने भएको छ । उपप्रधानमन्त्री गान किम योङले उक्त जानकारी दिए। ‘आईबीएफ डिस्टिङ्सन इभनिङ’ कार्यक्रममा उनले बैङ्किङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रका २३ वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएको बताए। ती संस्थाले हालै सुरु गरिएको ‘इन्स्टिच्युट अफ बैङ्किङ एन्ड ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम