मुख्य समाचार
राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने
राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने

। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन् ।

आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।


प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताइन् ।

उनले समावेशी विकास र समन्यायको आकांक्षा जेनजीहरूको अभिव्यक्ति भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नसके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने समेत बताइन् ।

‘२३ र २४ भदौको जेनजी आन्दोलनको क्रममा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको यहाँहरू सबैलाई विदितै छ । राजनीतिक र आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने जेनजीको माग पनि समावेशी विकास र समन्यायको आकांक्षाको अभिव्यक्ति हो । सबै वर्ग र समुदायको समान पहुँच र सहभागितामा भएको विकास नै दिगो बन्न सक्दछ । यसले राष्ट्रलाई बलियो बनाउँदछ । यस दिशामा प्रतिष्ठानले थप प्रभावकारी भूमिका खेल्न सकोस्,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हीत हुनेगरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत गराइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएको उनाक प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सो चुनावलाई प्रभावित ...
। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन् । ११ वर्ष पार्टी अध्यक्ष बनिसकेको र ६ वर्ष प्रधानमन्त्री भइसकेकोले उनले गर्नुपर्ने नयाँ काम केही बाँकी नरहेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । ‘११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । ६ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा सुरुङ अनुगमन गरेका छन् । आइतबार साँझ निर्माणस्थल अनुगमनमा पुगेका उनले सोही क्रममा रातिको समयमा पनि काम गर्न निर्देशन दिए । उनले कामदारको संख्या बढाएर रातिको समयमा पनि काम गर्न भनेका हुन् । त्यस्तै सडक निर्माणमा अवरोध गरिरहेका विद्युतीय पोल तत्काल सार्न पनि मन्त्री घिसिङले निर्देशन दिए । ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन नागढुंगा सुरुङ अनुगमन गरेका छन् । आइतबार साँझ निर्माणस्थल अनुगमनमा पुगेका उनले सोही क्रममा रातिको समयमा पनि काम गर्न निर्देशन दिए । उनले कामदारको संख्या बढाएर रातिको समयमा पनि काम गर्न भनेका हुन् । त्यस्तै सडक निर्माणमा अवरोध गरिरहेका विद्युतीय पोल तत्काल सार्न पनि मन्त्री घिसिङले निर्देशन दिए । ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को एक पदका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको बढुवा समिति सचिवालयले गत शुक्रबार सूचना प्रकाशित गर्दै नेपाल स्वास्थ्य सेवाअन्तर्गत १२औँ तहमा बढुवा प्रक्रिया सुरु गरेको हो । प्रकाशित सूचनाअनुसार कार्यसम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गरिनेछ । सूचनामा गत असार मसान्तसम्म पाँच वर्ष ...