मुख्य समाचार
नुवाकोटको सुपारीखोल्चीमा पक्की मोटरेबल पुल निर्माण
नुवाकोटको सुपारीखोल्चीमा पक्की मोटरेबल पुल निर्माण

: नुवाकोटको सुपारीखोल्चीमा पक्की मोटरेबल पुल निर्माण गरिएको छ। बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ जोड्ने सुपारीखोल्ची मोटरेबल पुलको निर्माण कार्य सकिएसँगै उद्घाटन गरिएको हो। नवनिर्मित उक्त पुलको शनिबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरे।

पुलको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक हाम्रो देशमा जनताको भावनालाई सम्बोधन गरेर अगाडि बढ्नु मुल उद्देश्य रहेको बताए। उनले जेनजी पुस्ताको आन्दोलनले पनि लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्ने जनताको भावनालाई सम्बोधन गर्नुपर्ने उल्लेख गरेको बताए।


कुल ४१ मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइको उक्त पुल बागमती प्रदेश सरकारको ८ करोड ७८ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको हो। गत २०८१ साल असार १४ गते निर्माण सम्झौता भई जयविष्णु निर्माण सेवाले २०८२ साल असोज १३ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा समयभन्दा २ महिना अघि नै पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए।

उक्त पुल सम्झौता अगाडि नै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ जोड्ने सुपारीखोल्ची मोटरेबल पुलको निर्माण कार्य तोकेको समय अगावै सम्पन्न गर्ने जयविष्णु निर्माण सेवालाई सम्मान गरिएको हो।

पुल २०८१ असार १४ गते भएको सम्झौता अनुसार २०८२ असोज १३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएकोमा दुई महिनाअघि नै निर्माण कार्य पूरा गरिएकोमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जयविष्णु निर्माण सेवाका सञ्चालक अनिलकुमार सिलवाललाई दोसल्ला ओढाउनुका साथै कदरपत्र प्रदान गर्दै सम्मानित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मंसिर २७ गते वीरगन्ज पुरानो बसपार्कस्थित त्रिशाला होटलमा मृत फेला परेकी होटलकी कर्मचारी सुनिता स्याङ्बोको मृत्युको घटनाको छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै उनका आफन्त तथा स्थानीयले बुधबार वीरगन्जमा प्रदर्शन
— काठमाडौं महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोधा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 'आज बिहान ...
विभिन्न लडाकु समूह र उग्रवादी संगठनहरूले विश्वव्यापी रूपमै एआई प्रविधिको प्रयोग बढाउँदै लगेकोमा नियामक निकाय, नीति निर्माता र साइबर सुरक्षा विज्ञहरूले चिन्ता प्रकट गरेका छन्
— संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले धनकुटाको मूलघाटस्थित तमोर नदीमा 'अन्डरपास' निर्माण गरिरहेको छ । आयोजनाको भारी निर्माण सामग्री पुलबाट ओसार्न जोखिम भएकाले ६० मिटर लामो अन्डर पास बनाउन लागिएको हो । कोशी राजमार्गको धरान–धनकुटा खण्डअन्तर्गत मूलघाटमा तमोर नदीमाथि २०४० सालमा निर्माण भएको २०० मिटर लामो पक्की पुल छ । उक्त पुलको अधिकतम भारवहन क्षमता ...
— प्रहरीले मंसिर महिनामा सल्यानका विभिन्न स्थानमा अवैध रूपमा स्थानीयले लुकाई छिपाइ राखेका ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरीले जनाएको छ । सोही क्रममा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाई छिपाइ राखिएका ३३ थान भरुवा बन्दुक ...