: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।
यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र पैदल भागेको बताइएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको थियो। तर अनुसन्धानपछि उनी घटनासँग सम्बन्धित नभएको पाइए पछि रिहा गरिएको छ।
ब्राउन विश्वविद्यालय र वरपरको क्षेत्रमा मानिसहरूलाई घरबाहिर निस्कन दिइएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार स्थानीय समय अनुसार ४:०५ बजे भएको गोलीकाण्डको बारेमा आफूलाई जानकारी भएको बताएका छन्।