मुख्य समाचार
मोरङमा अलग-अलग स्थानमा भएका दुर्घटनामा परी तीनजनाको मृत्यु
मोरङमा अलग-अलग स्थानमा भएका दुर्घटनामा परी तीनजनाको मृत्यु

: मोरङमा अलग-अलग स्थानमा भएका दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । सुन्दरहरैँचा, ग्रामथान र धनपालथानमा दुर्घटना भएको हो । यद्यपि, धनपालथानमा दुर्घटनामा गरेर घाइते भएका पुरुषको दुई सातापछि मृत्यु भएको छ ।


सुन्दरहरैँचा नगरपालिका–६ गैरीगाउँको भित्री सडक खण्डमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । लाइटिङ बोर्डिङ स्कुल क्षेत्रबाट गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्याक्टर बिहान करिब ५ः४५ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ट्याक्टरका सहचालक सुन्दरहरैँचा–६ का २६ वर्षीय अतीत राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिए पनि बिहान ७:१५ बजे चिकित्सकले मृत घोषित गरिदिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । ट्याक्टर चालक, सुन्दरहरैँचा–६ का ४० वर्षीय प्रेमकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

यस्तै, ग्रामथान गाउँपालिका–२ झोराहाटमा शनिबार साँझ भएको अर्को दुर्घटनामा पैदलयात्रीले ज्यान गुमाएका छन् । विराटनगरबाट विराटचोकतर्फ गइरहेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले साँझ ७:३५ बजेतिर पैदलयात्री ग्रामथान–२ का ५२ वर्षीय सुरेशकुमार सरदारलाई ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको इन्स्पेक्टर न्यौपानेले बताए ।

उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ग्रामथान–२ की १७ वर्षीया जिया तिगा पनि घाइते भएकी छन् । उनको अवस्था मध्यम रहेको र विराट नर्सिङ होममै उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक ग्रामथान–२ का १८ वर्षीय इशान पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

यसैबीच, धनपालथान गाउँपालिका–४ मा २ साताअघि मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । सखरदिना क्षेत्रबाट कर्सियातर्फ जाँदै गरेको को २३ प ८४०६ नम्बरको मोटरसाइकलले गत मंसिर १२ गते साँझ पैदलयात्री धनपालथान–३ सोराभागका ५२ वर्षीय शिवचरण माझीलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि गम्भीर घाइते भएका माझीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।मो समयदेखि उपचाररत माझीको आइतबार बिहान ३:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलका चालक धनपालथान–४ का ३१ वर्षीय धर्मेन्द्र परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपचारका क्रममा जीवन र मृत्युबीच संघर्ष गरिरहेका माझीले अन्ततः ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीले महासचिवमा शंकर पोखरेललाई नै बनाउने भएका छन्। एमालेको निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि शीर्ष नेताबिच छलफल पश्चात उनले पोखरेललाई नै महासचिवको उम्मेदवार बनाउन लागेको स्रोतको भनाई छ। महासचिवका लागि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको पनि दाबी थियो। उनीहरुलाई उपाध्यक्षमा लैजाने ओलीको ...
: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय संसद सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगत २४ वर्षदेखि निरन्तर संसदको प्रभावकारीतामाथि प्रश्न उठ्ने गरेको भन्दै आगामी दिनमा संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्। विगतका गतिविधिलाई समिक्षा गर्दै ...
: नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको कोटा सुनिश्चित गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले प्रत्येक भूगोलबाट एक जना ४० वर्षमुनिका युवाको कोटा राख्ने प्रस्ताव पेस गरेका हुन्। योसँगै भौगोलिक क्षेत्रका रूपमा राजधानीसहित ८ प्रदेशबाट ४० वर्षमुनिका एक युवासहित खुला ६ जना र महिला ३ जनाको कोटा निर्धारण भएको एमालेले ...
: बस र स्कुटर ठोकिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी स्याङ्जाको पुतलीबजार नगरपालिका-७ भारकोटका स्कुटर चालक ५१ वर्षीय लेश बहादुर थापाको मृत्यु भएको हो। म्याग्दे गाउँपालिका-६ मौरीभीरस्थित सडकमा ग.१ ख ९४०६ नम्बरको बस र गण्डकी एएबि ०१८६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ...
: सुनसरीको विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। बेवारिसे अवस्थामा तथा ओसारपसारको तयारीमा लुकाइ राखिएको गरी जम्मा ९ सय १७ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ बाट ११ वटा बोरामा प्याक गरी राखिएको ५ ...