मुख्य समाचार
पाकिस्तानका लागि जासुसी गरेको आरोपमा भारतीय वायुसेनाका अधिकारी पक्राउ
पाकिस्तानका लागि जासुसी गरेको आरोपमा भारतीय वायुसेनाका अधिकारी पक्राउ

: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्।


'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी र उनको सामाजिक सञ्जाल खाताहरूबाट धेरै कागजातहरू जफत गरिएको छ,' प्रहरी अधिकारीले भने, 'शर्मालाई पाँच दिनका लागि प्रहरी हिरासतमा लिइएको छ।'

उनलाई भारतको सार्वभौमसत्ता, एकता र अखण्डतालाई खतरामा पार्ने कार्य, भारत सरकारविरुद्ध युद्ध छेड्ने, आपराधिक षड्यन्त्र र प्रमाण नष्ट गर्ने आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएपछि उनी तीन वर्षअघि तेजपुर विश्वविद्यालयमा इलेक्ट्रोनिक्स र कम्युनिकेसन इन्जिनियरिङ विभागमा प्राविधिक सहायकको रूपमा कार्यरत रहेको बीबीसीमा समाचार छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले राष्ट्रिय सुरक्षासँग सम्बन्धित केही महत्त्वपूर्ण जानकारी अज्ञात व्यक्तिहरूलाई दिएको खुल्न आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा १३ पुरुष र चार महिला छन् । प्रहरीका अनुसार ...
। इरानले हालै लगाइएको हवाई प्रतिबन्धको विषयमा सैन्य प्रतिकारात्मक कदम चाल्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) को सचिवालयले शनिबार जारी गरेको विज्ञप्तिमा हवाई यातायातसम्बन्धी विषयमा परिषद्का सचिव मोहसेन रेजाईका पछिल्ला भनाइलाई केही स्थानमा फरक अर्थमा प्रस्तुत गरिएको जनाएको छ । यसबाट इरानको सम्भावित प्रतिक्रियाबारे विभिन्न प्रश्न उठेपछि परिषद्ले ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले इरानले दिएको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका हुन् । रिपोर्टका अनुसार ट्रम्पले अमेरिकामा मध्यावधि निर्वाचन सम्पन्न भएपछि इरानविरुद्ध हवाई आक्रमण पुन: सुरु गर्न चाहेका छन् । इरानी अधिकारीहरूले अमेरिका समक्ष तनाव कम गर्न र होर्मुज स्ट्रेट ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो अमेरिका भ्रमणका क्रममा ताइवानको मुद्दामा अमेरिकाले सही र स्पष्ट अडान लिनुपर्ने बताएका छन्। चीनको सरकारी समाचार संस्था 'सिन्ह्वा'का अनुसार राष्ट्रपति सीले अमेरिकाले 'ताइवानको स्वतन्त्रताको विरोध गर्ने' आफ्नो प्रतिबद्धतामा दृढ रहनुपर्ने आशा व्यक्त गरेका छन्। द्विपक्षीय रणनीतिक सहयोग र चीन-अमेरिका सम्बन्धलाई मजबुत बनाउनका लागि ताइवान मुद्दा लाई अत्यन्त सावधानीपूर्वक सम्हाल्न चिनियाँ ...
। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सिन्धु नदीको पानी रोक्ने भारतको कुनै पनि प्रयासलाई पाकिस्तानले ‘युद्धको कदम’ मान्ने बताएका छन्। न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ८१ औँ अधिवेशनलाई सम्बोधन गर्दै शहबाज शरीफले शुक्रबार यो कुरा बताएका हुन्। उनले भने, ‘सिन्धु नदीको पानी पाकिस्तान मात्र होइन, पूरै क्षेत्रको लागि लाइफ लाइन हो र हालको सन्धि रोक्ने भारतको एकतर्फी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम