मुख्य समाचार
अष्ट्रेलियाको बोन्डी बीचमा गोलीकाण्ड : मृत्यु हुनेको संख्या १५ पुग्यो
अष्ट्रेलियाको बोन्डी बीचमा गोलीकाण्ड : मृत्यु हुनेको संख्या १५ पुग्यो

: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्।

प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। २४ वर्षीय ती व्यक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


घटनापछि ड्युटीमा रहेका प्रहरीसहित घाइते ४२ जनालाई अस्पताल लगिएको थियो।

प्रहरीले ५० वर्षीय आक्रमणकारीसँग हतियारको लाइसेन्स रहेको बताएको छ। उनको नाममा छवटा हतियार दर्ता गरिएको पाइएको छ। प्रहरीले बोन्डी बीचबाट थप छवटा हतियार बरामद गरेको थियो। घटनास्थलमा दुईवटा विस्फोटक पदार्थ पनि फेला परेको थियो जसलाई प्रहरीले निष्क्रिय पारेको छ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भविष्यमा हुनसक्ने आक्रमणहरू रोक्न आवश्यक पर्ने सबै स्रोतहरू परिचालन गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
। दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा १३ पुरुष र चार महिला छन् । प्रहरीका अनुसार ...
। इरानले हालै लगाइएको हवाई प्रतिबन्धको विषयमा सैन्य प्रतिकारात्मक कदम चाल्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) को सचिवालयले शनिबार जारी गरेको विज्ञप्तिमा हवाई यातायातसम्बन्धी विषयमा परिषद्का सचिव मोहसेन रेजाईका पछिल्ला भनाइलाई केही स्थानमा फरक अर्थमा प्रस्तुत गरिएको जनाएको छ । यसबाट इरानको सम्भावित प्रतिक्रियाबारे विभिन्न प्रश्न उठेपछि परिषद्ले ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले इरानले दिएको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका हुन् । रिपोर्टका अनुसार ट्रम्पले अमेरिकामा मध्यावधि निर्वाचन सम्पन्न भएपछि इरानविरुद्ध हवाई आक्रमण पुन: सुरु गर्न चाहेका छन् । इरानी अधिकारीहरूले अमेरिका समक्ष तनाव कम गर्न र होर्मुज स्ट्रेट ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो अमेरिका भ्रमणका क्रममा ताइवानको मुद्दामा अमेरिकाले सही र स्पष्ट अडान लिनुपर्ने बताएका छन्। चीनको सरकारी समाचार संस्था 'सिन्ह्वा'का अनुसार राष्ट्रपति सीले अमेरिकाले 'ताइवानको स्वतन्त्रताको विरोध गर्ने' आफ्नो प्रतिबद्धतामा दृढ रहनुपर्ने आशा व्यक्त गरेका छन्। द्विपक्षीय रणनीतिक सहयोग र चीन-अमेरिका सम्बन्धलाई मजबुत बनाउनका लागि ताइवान मुद्दा लाई अत्यन्त सावधानीपूर्वक सम्हाल्न चिनियाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम