मुख्य समाचार
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय संसद सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगत २४ वर्षदेखि निरन्तर संसदको प्रभावकारीतामाथि प्रश्न उठ्ने गरेको भन्दै आगामी दिनमा संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।

विगतका गतिविधिलाई समिक्षा गर्दै संसदलाई आगामी दिनमा जनताले विश्वास गर्ने थलोका रुपमा प्रभावकारी रुपमा अघि बढाउनुपर्ने उनले बताए । उनले देशमा व्यापक भ्रष्टाचार छ भन्ने भाष्य बन्दै गएको भन्दै व्यवस्थापिका,कार्यपालिका,न्यायपालिकालगायत निजामती कर्मचारी,सुरक्षा निकाय,राजनीतिक दललगायत सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको धारणा राखे।

समयमै भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउने दायित्व सरकारको रहेकाले सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको उनको भनाइ छ । अध्यक्ष दाहालले प्रचलित केही ऐनहरू संशोधन वा एकीकृत नभएका कारण कर्मचारीहरूको वृति विकासका साथै थप उन्नत सिप, ज्ञान निपूणताको लागि पनि कमजोरी देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । कार्यक्रममा संघीय संसदका केहि कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीले महासचिवमा शंकर पोखरेललाई नै बनाउने भएका छन्। एमालेको निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि शीर्ष नेताबिच छलफल पश्चात उनले पोखरेललाई नै महासचिवको उम्मेदवार बनाउन लागेको स्रोतको भनाई छ। महासचिवका लागि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको पनि दाबी थियो। उनीहरुलाई उपाध्यक्षमा लैजाने ओलीको ...
: नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको कोटा सुनिश्चित गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले प्रत्येक भूगोलबाट एक जना ४० वर्षमुनिका युवाको कोटा राख्ने प्रस्ताव पेस गरेका हुन्। योसँगै भौगोलिक क्षेत्रका रूपमा राजधानीसहित ८ प्रदेशबाट ४० वर्षमुनिका एक युवासहित खुला ६ जना र महिला ३ जनाको कोटा निर्धारण भएको एमालेले ...
: बस र स्कुटर ठोकिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी स्याङ्जाको पुतलीबजार नगरपालिका-७ भारकोटका स्कुटर चालक ५१ वर्षीय लेश बहादुर थापाको मृत्यु भएको हो। म्याग्दे गाउँपालिका-६ मौरीभीरस्थित सडकमा ग.१ ख ९४०६ नम्बरको बस र गण्डकी एएबि ०१८६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ...
: सुनसरीको विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। बेवारिसे अवस्थामा तथा ओसारपसारको तयारीमा लुकाइ राखिएको गरी जम्मा ९ सय १७ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ बाट ११ वटा बोरामा प्याक गरी राखिएको ५ ...
: मोरङमा अलग-अलग स्थानमा भएका दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । सुन्दरहरैँचा, ग्रामथान र धनपालथानमा दुर्घटना भएको हो । यद्यपि, धनपालथानमा दुर्घटनामा गरेर घाइते भएका पुरुषको दुई सातापछि मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–६ गैरीगाउँको भित्री सडक खण्डमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । लाइटिङ बोर्डिङ स्कुल क्षेत्रबाट गछिया खोलातर्फ जाँदै ...