मुख्य समाचार
महासचिवमा शंकर पोखरेल उम्मेदवार
महासचिवमा शंकर पोखरेल उम्मेदवार

: नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीले महासचिवमा शंकर पोखरेललाई नै बनाउने भएका छन्।

एमालेको निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि शीर्ष नेताबिच छलफल पश्चात उनले पोखरेललाई नै महासचिवको उम्मेदवार बनाउन लागेको स्रोतको भनाई छ। महासचिवका लागि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको पनि दाबी थियो। उनीहरुलाई उपाध्यक्षमा लैजाने ओलीको तयारी छ।


आइतबार भृकुटी महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूको सुझावअनुसार सहमतिका लागि अन्तिमसम्म प्रयत्न गरिने जानकारी दिएका थिए। पार्टी अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको प्यानल नै बनेर निर्वाचन हुने सम्भावना छ। आ-आफ्ना समूहका नेताहरुले पनि सहमतिका लागि छलफल तिब्र पारेका छन्। कतिपय महाधिवेशन प्रतिनिधिले भने प्यानल बनाएर निर्वाचन लड्न दिन नहुने सुझाव दिएका छन्।




पोखरेल समूहबाट सुरेन्द्र पाण्डे वा योगेश भट्टराईले उम्मेवार बनाउने तयारी छ। पाण्डे उपाध्यक्ष र भट्टराई अहिले सचिव हुन् । भट्टराई उपमहासचिवमा उम्मेदवार बन्ने सम्भावना पनि छ।

अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १,उपमहासचिव ३,सचिव ९ सहित १९ पदाधिकारी बनाउने निर्णय केन्द्रीय समितिले गरेको र सोही प्रस्ताव बन्दसत्रको हलले सर्वसम्मत पारित गरेको एमाले संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए। उनका अनुसार पोलिटब्युरोको एकतिहाई स्थायी कमिटी, पोलिटब्युरो सदस्य ९९ जना र पदाधिकारीसहित केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने गरी बन्दसत्र हलले पारित गरेको छ। संगठन विभाग सचिव ढुंगेलले यो संरचनाले पार्टीभित्र भौगोलिक, सामाजिक र पुस्तागत सन्तुलन कायम गर्दै समावेशी नेतृत्व निर्माणको आधार तयार गर्ने लक्ष्य लिएको बताए।

एमालेले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयनका लागि फारम विवरण भइरहेको छ। निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०:३० देखि १:३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए। भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोह गरेको एमालेले भृकुटीमण्डपमा टेन्ट टाँगेर बन्दसत्र सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय संसद सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगत २४ वर्षदेखि निरन्तर संसदको प्रभावकारीतामाथि प्रश्न उठ्ने गरेको भन्दै आगामी दिनमा संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्। विगतका गतिविधिलाई समिक्षा गर्दै ...
: नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको कोटा सुनिश्चित गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले प्रत्येक भूगोलबाट एक जना ४० वर्षमुनिका युवाको कोटा राख्ने प्रस्ताव पेस गरेका हुन्। योसँगै भौगोलिक क्षेत्रका रूपमा राजधानीसहित ८ प्रदेशबाट ४० वर्षमुनिका एक युवासहित खुला ६ जना र महिला ३ जनाको कोटा निर्धारण भएको एमालेले ...
: बस र स्कुटर ठोकिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी स्याङ्जाको पुतलीबजार नगरपालिका-७ भारकोटका स्कुटर चालक ५१ वर्षीय लेश बहादुर थापाको मृत्यु भएको हो। म्याग्दे गाउँपालिका-६ मौरीभीरस्थित सडकमा ग.१ ख ९४०६ नम्बरको बस र गण्डकी एएबि ०१८६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ...
: सुनसरीको विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। बेवारिसे अवस्थामा तथा ओसारपसारको तयारीमा लुकाइ राखिएको गरी जम्मा ९ सय १७ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ बाट ११ वटा बोरामा प्याक गरी राखिएको ५ ...
: मोरङमा अलग-अलग स्थानमा भएका दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । सुन्दरहरैँचा, ग्रामथान र धनपालथानमा दुर्घटना भएको हो । यद्यपि, धनपालथानमा दुर्घटनामा गरेर घाइते भएका पुरुषको दुई सातापछि मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–६ गैरीगाउँको भित्री सडक खण्डमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । लाइटिङ बोर्डिङ स्कुल क्षेत्रबाट गछिया खोलातर्फ जाँदै ...