— प्रभु बैंकका सीईओसहित ४ जना थप ५ दिन थुनामा रहने भएका छन् ।
प्रभु बैंकका सीईओ अशोक शेरचन, डीसीओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका लागि सोमबार पाटन उच्च अदालतका न्यायाधीशद्वय लालबहादुर कुँवर र गीताप्रसाद तिम्सिनाको वाणिज्य इजलासबाट पुन: ५ दिन म्याद थप भएको हो ।
बैंकका सीईओ शेरचनसहित ४ जनालाई मंसिर १४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बिजुलीबजारस्थित प्रधान कार्यालयबाट पक्राउ गरेको थियो ।