मुख्य समाचार
बीपी प्रतिष्ठान र भारतको बालाजी विद्यापीठबीच सम्झौता
बीपी प्रतिष्ठान र भारतको बालाजी विद्यापीठबीच सम्झौता

: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भारतको पुदुचेरी राज्यमा अवस्थित श्री बालाजी विद्यापीठ विश्वविद्यालयबीच चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धानमा एक आपसमा सहकार्य गर्ने सहमति गरिएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले दुवै संस्थाले समझदारीपत्र हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार दुवै संस्थाबीच शैक्षिक सहकार्य, सांस्कृतिक आदान–प्रदान, शिक्षक तथा विद्यार्थी आदान–प्रदान, संयुक्त अनुसन्धान परियोजना सञ्चालन तथा चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धिमा सहकार्य गरिने बीपी प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सन्जिवकुमार शर्माले बताएका छन्। साथै अनुसन्धानको नैतिकता, चिकित्सा शिक्षाको नवीनता र निरन्तर चिकित्सा शिक्षा जस्ता कार्यक्रमलाई प्राथमिकता दिने लक्ष्य राखिएको उनले बताए।


सम्झौता हस्ताक्षर कार्यक्रममा बीपी प्रतिष्ठानको तर्फबाट शिक्षाध्यक्ष प्रा. डा. सञ्जीव कुमार शर्मा, डीन प्रा. डा. शिवेन्द्र झा, सहायक डीन डा. भीम सिंह लगायतको उपस्थिति रहेको थियो। यस्तै श्री बालाजी विद्यापीठ विश्वविद्यालयका तर्फबाट इन्स्टिच्युट अफ हेल्थ प्रोफेसन्स एजुकेसनका निर्देशक प्रा. डा. एम. शिवाशंकरसहितका पदाधिकारी सहभागी थिए।

सम्झौतामा बीपीकेआईएचएसका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा. डा. सञ्जीव कुमार शर्माले र श्री बालाजी विद्यापीठ विश्वविद्यालयका रजिस्टार प्रा.डा. श्रीनिवासनले हस्ताक्षर गरेका छन्। यो सम्झौताले दुवै संस्थाका विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्तालाई लाभ पुग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...